CAN

निर्वाचन गर्न तयार नभए शसक्त आन्दोलन ः पन्त

77

पोखरा, ३० साउन/नेकपा एमालेका नेता रघुजी पन्तले बर्तमान सरकार स्थानीय निकायको निर्वाचन गर्ने काममा अगाडी नबढे दशैंपछि शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनले आफ्नो पार्टी नेतृत्वको सरकारले मसिंरमा निर्वाचन गर्ने योजना सार्वजनिक गरेको भन्दै त्यसलाई चैतमा सार्नुमै संका गर्ने ठाउँ रहेको बताए ।

निर्वाचन गर्न तयार नभए शसक्त आन्दोलन ः पन्त
निर्वाचन गर्न तयार नभए शसक्त आन्दोलन ः पन्त

उनले चुनाव नहुने भएमा एमालेले सडक र सदन दुबैबाट आन्दोलन गर्ने बताए । चैतमा निर्वाचन गर्ने नगर्ने भन्ने कुरा दशै अगाडि सम्मको सरकारको कामले बताउछ । नगर्ने नियत रहेको एमालेले ठहर गरे आन्दोलनमा उत्रने उनको भनाई थियो ।

प्रेस चौतारी नेपाल कास्कीले आइतबार पोखरामा अयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पन्तले स्थानीय निकायको निर्वाचन सहमति जुटे पुनसंरचना आयोगले सिफारिस गरे बमोजिमको आधारमा र नजुटे पुरानै संरचनामा भएपनि गर्नुपर्ने बताए । त्यसका लागि एमाले नेतृत्वको सरकारले मन्त्रिपरिषदबाट मार्ग प्रसस्त गरेको बताए ।

उनले वर्तमान सरकारको काम गर्न नसक्ने बताए । उनले अहिले सम्म सरकार विस्तार गर्न नसक्ने सरकारले कसरी देश विकासको काम गर्छ भन्दै प्रश्न गरे ।