राप्रपा नेपाल कास्कीका सक्रिय सदस्य खत्रीको निधन

पोखरा, १३ साउन/राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल कास्कीका सक्रिय सदस्य जनकबहादुर खत्रीको निधन भएको छ । पोखरा उपमहानगरपालिका २० भलाम निवासी खत्रीको गत राती साढे एक बजे निधन भएको हो । उहाँ ७४ वर्षका हुनहुन्थ्यो ।

फुलवारी स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा खत्रीको निधन भएको उहाँको परिवारले जनाएको छ । उहाँ फोक्सोको क्यान्सरबाट पिडीत हुनुहुन्थ्यो । खत्री राप्रपा नेपालमा लामो समयदेखि आवद्ध हुनुहुन्थ्यो । उहाँको विहीवार सेती र कालीखोलाको दोभानमा अन्त्येष्टि गरिएको छ ।

राप्रपा नेपाल कास्कीका सक्रिय सदस्य खत्रीको निधन
राप्रपा नेपाल कास्कीका सक्रिय सदस्य खत्रीको निधन

उहाँका श्रीमति २ छोरा, एक छोरी, दुइ नातिनि एक नाती रहेका छन् । उहाँको पार्थिव शरिरमा छोरा भुवन खत्री र जीवन खत्रीले दागबत्ति दिनुभएको थियो । उहाँको शवमा पार्टी नेता नेत्रबहादुर बस्नेत, तथा गण्डकी अञ्चल सचिव सूर्य बाँस्तोलाले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको थियो ।

यसै सन्दर्भमा राप्रपा नेपाल कास्कीले एक शोक विज्ञप्ति प्रकाशित गरी खत्रीका निधनबाट प्रजातान्त्रिक आन्दोलन तथा राप्रपा नेपालको अभियानमा क्षति पुगेको उल्लेख गरेको छ । पार्टी अध्यक्ष जयलाल पुनले जारी गरेको शोक बक्तव्यमा खत्री पार्टीप्रति ईमान्दार तथा समाजसेवी व्यक्तित्व भएको उल्लेख छ ।

कमेन्टहरु
Loading...