रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा (फोटो फिचर सहित)

पोखरा, २४ फागुन /युवा व्यवसायीहरुको सामुहिक लगानीमा पोखरामा सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा आएको छ । पोखराको ट्रेडमलमा स्थापना भएको रोयल डिपापार्टमेन्टल स्टोर्सको एक कार्यक्रमका बीच सोमबार उद्घाटन गरियो ।

सोमबार पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीले डिपार्टमेन्टल स्टोर्सको उद्घाटन गरे । उक्त अवसरमा बोल्दै उनले पोखरामा व्यावसायिक वतावरण बनाउन नगरपालिकाले सहयोग गर्ने बताए । ‘प्रतिस्पर्धात्मक बजारमा उपभोक्ताको हित हुने गरी व्यवसाय सञ्चालन गरिनुपर्छ,’ उनले भने, ‘माग र आपूर्तिका बीच उचित मूल्य निर्धारण गर्नतर्फ ध्यान जान आवश्यक छ ।’

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्रकुमार लालचनले केही गरौं भन्ने भावना भएका युवाहरुले सामुहिक लगानीमा व्यवसाय सञ्चालन गर्नु राम्रो काम भएको बताए । पोखरा उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले सामुहिक लगानीतर्फ पछिल्लो समय व्यवसायीको आकर्षण बढेको भनाइ राखे । राष्ट्रिय पर्यटन परिसदका केन्द्रीय सदस्य बासु त्रिपाठीले सामुहिक लगानीबाट राम्रो व्यवसाय गर्न सकिने बताए ।

व्यावसायिक र उद्यमशीलताका विभिन्न क्षेत्रमा क्रियाशील युवाहरुले केही गर्नुपर्छ भन्ने मान्यताले डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याएको अध्यक्ष प्रकाशदेव पालिखेले जानकारी दिए । ‘क्षेत्रीयस्तरको अन्तर्राष्ट्रिय विमानस्थल बन्ने क्रमसँगै पोखरामा अन्तर्राष्ट्रिय सहरका रुपमा विकसित हुँदै जानेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रियस्तरको सहरलाई सुहाउनेगरी सुविधा सम्पन्न डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा ल्याउन हामी सफल भएका छौं ।’

डिपार्टमेन्टल स्टोर्समा ४७ जना व्यवसायीले करिब ३ करोड ५० लाख रुपैयाँ लगानी गरेका छन् । ‘व्यवसायलाई सफल बनाउन सामुहिक लगानीले मद्दत गर्छ,’ पालिखेले भने, ‘हाम्रो लगानी पोखरामा नमुना व्यवसायको रुपमा फस्टाउने विश्वास गरेका छौं ।’ गत वर्ष ट्रेडमलमै रोयल पोखरा लाउन्ज एण्ड बार नामको रेस्टुरेन्ट सञ्चालन गरिसकेपछि डिपार्टमेन्टल स्टोर्सको अवधारणा सुरु भएको उनले जानकारी दिए । ‘एक वर्ष अगाडिबाट तयारी गरी वृहत रुपमा डिपार्टमेन्टल स्टोर्स सञ्चालन गर्न हामी सफल भएका छौं’ उनले भने ।

पार्किङको पर्याप्त सुविधा रहेको डिपार्टमेन्टल स्टोर्स ५ हजार ५ सय स्वायर क्षेत्रमा फैलिएको प्रवन्ध सञ्चालक केशव काफ्ले जानकारी दिए । ‘पारिवारिक वातावरणमा ग्राहकलाई स्तरीय सेवा प्रदान गर्नेछौं,’ उनले भने ‘एकै ठाउँबाट सबै प्रकारका खाद्यान्न, किचन तथा कस्मेटिक सामान खरिद गर्न सकिनेछ ।’ पोखरामा स्तरीय डिपार्टमेन्टल स्टोर्सको आवश्यकता महसुस गरेर लगानी गरेको उनले बताए । डिपार्टमेन्टल स्टोर्सले पोखरामा छिट्टै ५ वटा शाखा बिस्तार गर्ने काफ्लेले जानकारी दिए ।

सञ्चालक जीवनराज सापकोटाका अनुसार पोखराको बिरौटा, बगर, लेकुसाइड र अमरसिंह क्षेत्रमा शाखा बिस्तारको तयारी भइरहेको छ । ‘पोखरामा थुप्रै स्तरीय डिपार्टमेन्टल स्टोर्सको खाँचो छ,’ उनले भने, ‘उक्त आवश्यकतालाई पूर्ति गर्नका लागि लगानी बिस्तार गर्नेछौं ।’ स्टोर्समा २० जना कर्मचारी छन् । डिपार्टमेन्टल स्टोर्सका निर्देशक रुद्र मल्लले डिपार्टमेन्टल स्टोर्सबाट पोखरा लगायत आसपासका जिल्ला ग्राहकलाई सेवा प्रदान गरिने बताए ।

रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
रोयल डिपार्टमेन्टल स्टोर्स सञ्चालनमा
कमेन्टहरु
Loading...