हेमजाको तीज गित प्रतियोगितामा देविस्थान समूह प्रथम

पोखरा, १७ भदौ/रेडियो हेमजाले आयोजना गरेको खुल्ला तिज गित प्रतियोगितामा देविस्थान भजन समूह प्रथम भएको छ। प्रतियोगितामा हेमजा दिदी बहिनी समुह द्धितीय, अमर सिहं दृष्टि विहीन दिदी बहिनी समुह तृतीय र कमल जैसी आमा समुह सान्त्वना भएका थिए।
विजयी टिमले क्रममश ११ हजार एक सय ११ साच हजार सात सय ७७ चार हजार चार सय ४४ र दुई हजार दुई सय २२ नगदका साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट भेषभूषामा एकता युवा समुह, उत्कृष्ट नृत्यको पुरस्कार कामधेनु आमा समुहले प्राप्त गरेका छ ।
उनीहरुले नगद रु एक हजार एक सय ११ का साथमा प्रमाणपत्र प्राप्त गरेका छन् । अनुशासित टिममा प्रगतिशिल आमा समुह धिताल घोषित भएको छ । कार्यक्रममा १९ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको निर्णायक लोक दोहोरी गायक तारापति सुवेदी, प्रेमराज अधिकारी र तुलसा जि.सी रहेका थिए।

कार्यक्रमा यस क्षेत्रबाट लोक गायनको क्षेत्रमा पु¥याएको सहयोग तथा खेलेको योगदानको उच्च कदर गर्दे लोकगायिका पार्वती जि.सी प्रमाणपत्र र दोसल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रम उपस्थित भएका दर्शक रेडियो श्रोता तथा प्रतियोगी वा अप्रतियोगीहरुमा राखिएको चिठ्ठा कार्यक्रमबाट रमा श्रेष्ठले प्रथम पुस्कार हात पार्न सफल भएका थिईन्।

भाग्यशाली विजेता भई विभिन्न सामाग्री सहित एक डोको पुरस्कार प्राप्त गरेकी छन् द्धितीय पुरस्कार हात पार्न सफल अम्मर बहादुर सापकोटाले एउटा मोवाइल सेट र तृतीय पुरस्कार हात पार्न सफल निकेश गायकले एउटा रेडियो सेट प्राप्त गरेका छन् ।  सोही अवसरमा रेडियो हेमजालाई स्थापनाकाल देखि अहिलेसम्म विज्ञापन बजाईराखेका विज्ञापन दाता र बार्षिक विज्ञापन दातालाई पनि सम्मान गरिएको छ ।

कार्यक्रममा नेपाली काँग्रेस पोखरा–२९ का सभापति मधुसुदन त्रिपाठी, नेकपा एमाले पोखरा–२९ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्र पोखरा–१ बगरकी अध्यक्ष जीवन अधिकारी लगाएतले बोल्नुभएको थियो । रेडियो हेमजा ८८.५ मेगाहर्जका अध्यक्ष अरुणस्तोम त्रिपाठीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपाध्यक्ष अर्जुन पौडेलले स्वागत सदस्य लालबहादुर गायकले स्वागत गीत राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव केशवशरण पौडेल, रेडियो इन्चार्ज मोतीसागर अधिकारी, स्टेशन म्यानेजर परशुराम अधिकारी, कार्यक्रम प्रमुख अर्जुन थापाले सञ्चालन गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...