प्रहरीले यातायात व्यावसायीका गाडीको चाबी नियन्त्रणमा लिए पछि निजी सवारी सञ्चालनमा

पोखरा, ६ फागुन/प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिए पछि पोखरामा निजी यातायात सञ्चालनमा आएको छ । पोखरा सहित गण्डकी क्षेत्रमा आज देखि अनिश्चितकाल चक्का जामको घोषणा गरे पनि बिहानै देखि पोखरामा निजी सवारी साधन सञ्चालनमा आएका छन् ।

सार्वजनीक यातायात भने सञ्चालनमा आउन सकेका छैनन् । मुख्यका चोकचोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितीले गर्दा निजी सवारी साधनहरु चल्ले हुन् । प्रहरीले १३ वटा बस सहित १३ जना चालक र अन्य बस गरि करिब ८० वर्षहरुलाई नियन्त्रणमा लिएको कास्कीका प्रहरी प्रमुख एसपी हरी बहादुर पालले जानकारी दिए । उनले विहान ४ बजे देखि नै प्रहरीलाई चोक चोकमा परिचालन गरि बसहरु नियन्त्रणमा लिएको बताए । पोखरा पुरै ठप्पै पर्ने उद्देश्यले चोक चोकमा तेसाउने लगेका बसलाई विहानै नियन्त्रणमा लिएको बताए ।

उनले कसैले नियोजित ढंगले सडक अबरोध गर्न खोजे आफुहरुले टुलुटुलु हेरेर नबस्ने यस्ता कुनै पनि व्यवसायीहरु बिरुद्ध प्रशासन खरो रुपमा उत्रने बताए । कुनै सवारी साधनहरुलाई सडकमा अबरोध गर्न खोजे तुरुन्तै प्रक्राउ गर्ने बताए । एक हजार जना भन्दा बढी सुरक्षाकर्मिहरु पोखरा क्षेत्रमा खटाइएको उनले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी अञ्चल समितिले पोखरामा रुट इजाजत पाएको विन्दवासिनी बस यातायात व्यावसायी समितिको संस्था तथा रुट खारेजीको माग गर्दै आज विहिबार देखि पोखरा सहित गण्डकी क्षेत्रमा अनिश्चित कालिन चक्का जामको घोषणा गरेका थियो । गिरफ्तारमा परेका आफ्ना दुई जना व्यवसायीहरुको रिहाई बिना आफुहरुको आन्दोलन नरोकिने र वार्ता समेत नहुने अञ्चल समितिद्धारा गठिन आन्दोलनका प्रवक्ता योगेन्द्र केसीले बताए ।

नयाँ विन्दवासिनी बस व्यावसायी समितिका तिनवटा बस भने सञ्चालनमा छन् । ति बसमा प्रहरीले सुरक्षा दिएर सञ्चालनमा आएका हुन् ।

कमेन्टहरु
Loading...