पोखराको न्युरोडमा पनि शंकास्पद बस्तु भेटियो

कृष्ण आचार्य​ ,पोखरा, १३ जेठ/पोखराको न्युरोडमा पनि शंकास्पद बस्तु भेटिएको छ । दरवारथोक मार्गमा रहेको इनोभेटीभ डेभलपमेण्ट एजुकेशन एकेडेमी (आईडीइए)को गेटमा झण्डा सहित शंकास्पद बस्तु भेटिएपछि स्थानिय त्रसित बनेका छन् । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले कार्यकर्ता हत्याको बिरोधमा भन्दै सोमबार नेपाल बन्दको आवाहन गरेको छ ।

सोही समुहले उक्त शंकास्पद बस्तु राखेको हुन सक्ने अनुमान गरिएको छ ।आईडीइएको नजिकै रहेको बम जस्तो शंकास्पद बस्तु देखीए पछि स्थानीयलले प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले डिस्पोजका लागि नेपाली सेनाको टोलीलाई बोलाएका छ ।यसअघि पोखरा कै सृजनाचोक र फिर्केचोकमा समेत शंकास्पद बस्तु भेटिएको थियो ।

कमेन्टहरु
Loading...