पोखरामा योग अभ्यास तालिम सुरु

पोखरा, १२ फागुन /पातञ्जल योग समिति, कास्कीको आयोजनामा पाँच दिने योग अभ्यास तालिम आइतबारदेखि सुरु भएको छ । तालिमको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले शुभारम्भ गरे ।

बिहान ५ बजेदेखि बौद्ध अर्घौ सदन, रामघाटमा सुरु भएको तालिमको शुभारम्भ गर्दै मन्त्री गुरुङले योगले नै स्वस्थ हुने भएकाले राष्ट्र निर्माणमा स्वस्थ व्यक्तिको नै योगदान रहने बताए ।

सो अवसरमा डा. रविन्द्र प्रसाद श्रेष्ठ, शिव मल्ल, रविन्द्र माकाजु, गीता मन्दिर योग केन्द्र संस्थापक डा. कृष्ण केसी, वरिष्ठ योग प्रशिक्षकद्वय दीर्घ गिरी, योगप्रसाद आचार्य, श्रीकृष्ण योग केन्द्रका योग प्रशिक्षक प्रदीप कुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । सुरेश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

कमेन्टहरु
Loading...