CAN

१३ सय मतगणना गर्दा पोखरामा एमालेको २ सय बढिको अग्रता #NepalVotes #Pokhara

76

पोखरा, १ जेठ /पोखरा लेखनाथ महागरपालिकाको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा एमालेले साढे दुई सय अग्रता लिएको छ ।

१३ सय मत गनिसक्दा एमालेका उम्मेदवार मानबहादुर जिसीले ६ सय ९० र काँग्रेसका उम्मेदवार रामजी कुवँरले ४ सय ४६ मत प्राप्त गरेका छन् । उपप्रमुखमा एमालेकै मञ्जुदेवी गुरुङले ६ सय ७८ र काँग्रेसकी उम्मेदवार सरस्वति गुरुङले ४ सय ५४ मत पाएकी छिन् ।

वडाध्यक्षमा एमालेका लागि ६ सय ८६ र काँग्रेसका लागि ४ सय ५६ परेको छ । निरन्तर अपडेटका लागि हामी सगैँ रहेको छ ।