पोखरामा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक

पोखरा, २६ असार /गण्डकी प्रदेशको राजधानी पोखरा सहित गण्डकी प्रदेशका पर्यटकी स्थलहरुमा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएको तथ्याङक संकलन भएको छ । गण्डकी प्रदेश सरकारले गत साउन देखी गण्डकी प्रदेशमा आउन पर्यटकको तथ्याङका राख्न थाले यता २ लाख ८८ हजार विदेशी पर्यटक पोखरा आएका हुन् ।

पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म वर्षेनी कति पर्यटक आउँछन् भन्ने तथ्याङक थिए । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही आर्थिक वर्षका साउन १ गते देखि स्थल मार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङक पोखरा विमानस्थलबाट लिन थालेको हो ।

गण्डकी प्रदेशमा आउने पर्यटक माध्ये सबै भन्दा धेरै छिमेकी राष्ट्र भारतबाट बढि आएका छन् । गत साउन देखि जेठ महिनासम्मको तथ्याङक अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार रहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकृत शिव परियारले जानकारी दिए । उनले त्यसपछि चिन, एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार रहेको बताए ।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँपु खैरेनीस्थित पृथ्वी राजमार्गको आपु खैरानी प्रहरी चेक पोस्ट र स्याङजाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले पर्यटको तथ्याङका राख्दै आएका छन् । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन । नवलपुरतर्फ आउने पर्यटकको तथ्याङ्क पनि छिट्टै नै संकलन गरीने उनले बताए ।

हवाई मार्गबाट पोखरा आउने पर्यटको तथ्याङ्क भने पोखरा विमानस्थलले प्रदेश सरकारलाई उपलब्ध गराउँदै आएको छ । यसअघि पोखरा आउने पर्यटकको रेकर्ड हवाई मार्गबाट आउने पोखरा विमानस्थलले र पदयात्रामा जाने पर्यटकको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले राख्ने बाहेक अन्य तथ्याङ्क थिएन ।

तथ्याङ्क अनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५ सय पर्यटक आएका छन् । त्यसपछि मंसिर महिनामा ३७ हजार पर्यटक आएको तथ्याङ्क छ । सबैभन्दा कम साउन महिनामा २० हजार ८ सय १२ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्क रहेको छ । प्रदेश सरकारले आन्तरिक पर्यटकको भने तथ्याङ्क राखेको छैन ।

कमेन्टहरु
Loading...