पोखराबाट रसुवा जादै गरेको टाटा सुमो दुर्घटना, २ जनाको ज्यान गयो

पोखरा, २१ जेठ/पोखराबाट रसुवातर्फ जादै गरेको टाटा सुमो जिप दुर्घटना हुदाँ २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

पोखराबाट रसुवाको गोल्जुङ जाँदै गरेको बा १० च ५८२० नम्बरको टाटा सुमो सोमबार साँझ मैलुङ–स्याफ्रु सडक खण्ड अन्तर्गत गुम्चेतमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ३ जना बेपत्ता भएका छन् । २ जना सकुशल रहेका घटनास्थलमा रहेका स्थानीयले जानकारी दिए ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घाइतेको उद्धार गरिरहेको छ । टाटासुमो दुर्घटना भई करीब एक सय मिटर तल त्रिशुली नदीमा खसेको हो ।

कमेन्टहरु
Loading...