पोखराको लेकसाइडको सडकमै कायकीङ !

पोखरा, ७ जेठ /पोखराको पर्यटकी क्षेत्र लेकसाइडमा आकासे पानीले निकासी नपाउदा ताल नै बन्ने गरेको छ । उचित निकास नहुँदा जमेको पानीमा स्थानीय युवाले विरोध स्वरुप कायक चलाएका छन् ।

पोखराको लेकसाइडको सडकमै कायकीङ !
पोखराको लेकसाइडको सडकमै कायकीङ !

पोखरा महानगरपालिका सडक विभागमा आकासे पानीको उचित निकास दिन व्यवस्थित ढल निर्माणका लागि माग गरेपनि सुनुवाई नभएपछि ध्यान आकर्षणका लागि कायक चलाएको स्थानीय अनिल थापाले बताए ।

नेपालमा सबैभन्दा धेरै पानी पोखरामा पर्दछ उनले भने पानीको उचित व्यवस्थापन नहुँदा आकासे पानी पसलमा पस्ने भएकोले बाराही चोकका करिब १ दर्जन पसल नै बन्द गर्नु पर्ने स्थानीय व्यवसायी नारायण सापकोटाले सुनाए ।

पोखराको लेकसाइडको सडकमै कायकीङ !
पोखराको लेकसाइडको सडकमै कायकीङ !

वर्षैंदेखि यस्तो समस्या भोग्नु परेकोले विरोध स्वरुप सडकमै कायक चलाइएको उनले सुनाए। देश विदेशबाट आउने हजारांै पर्यटकलाईसडकमै पानी जम्दा हिडडुल गर्न समस्या परेको उनले बताए।

कमेन्टहरु
Loading...