खानेपानी मुहान सफाइमा जोड दिँदै प्रजिअलाई ज्ञापनपत्र

पोखरा, १० असार/पोखरामा वितरण हुँदैआएको पिउनेपानीको मुहान क्षेत्र अत्याधिक प्रदूषित भइ खानेपानी संस्थानको पोखरा कार्यालयमा सुधारका लागि अनुरोध गर्दा कुनै सुनुवाई नभएको भन्दै सुधारका लागि नागरिक समाज पोखराले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

समाजका संयोजक रामबहादुर पौडेलले प्रजिअ हरिप्रसाद मैनालीलाई उक्त ज्ञापनपत्र बुझाउँदै तत्काल यस विषयमा गम्भीर रुपमा ध्यान दिन आग्रह गरे ।

ज्ञापनपत्रमा भनिएको छ, नेपालको संविधान २०७३ ले मौलिक हक अन्तर्गत नागरिकको स्वच्छ पिउनेपानीको अधिकारलाई सुनिश्चित गरिसकेको सन्दर्भमा मर्दिखोलास्थित पोखराका लागि वितरण गरिने खानेपानी मुहानमा डम्पिङसाइट जस्तै गरी फोहरमैला फाल्ने, मरेका पशुपन्क्षी फाल्ने, मानिसको शव जलाउने जस्ता गतिविधिलगायत बालुवा गिट्टी ढुवानी गर्ने ट्रिपरले पोखराबाट खाली फर्किदा फोहर मैला लगेर बिसर्जन गरेको पाइएकोले त्यस्तो गैरकानुनी गतिविधिलाई रोक्का गर्दै मर्दिखोला र खानेपानीको मुहानको संरक्षणका लागि अविलम्ब पहल गरि दिनु हुन आमपोखरेली समुदायका तर्फबाट जोडदार माग गर्दछौं, भनिएको छ ।

कमेन्टहरु
Loading...