पोखरा महानगरमा एमालेबाट कुन वडा को अध्यक्षका उमेद्वार (नामावली सहित)

पोखरा, १८ वैशाख /नेकपा एमालेले पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटै वडाका वडा अध्यक्ष छनोट गरेको छ । १० वटा वडामा सर्वसम्मत वडा अध्यक्ष छानिए पनि अन्य वडामा भने सोमबार साँझ मात्रै टुङगो लागेको हो ।

वडा नम्वर १ मा शारदा पराजुली, वडा नम्वर २ मा दिननाथ सुवेदी, वडा नम्वर ३ मा सशिधर पराजुली, वडा नम्वर ४ मा कृष्ण पराजुली ढाकामोहन,वडा नम्वर ५ मा धनबहादुर नेपाली, वडा नम्वर ६ मा हेमकुमार श्रेष्ठ, वडा नम्वर ७ मा रामचन्द्र बराल, वडा नम्वर ८ मा रुद्रनाथ बराल, वडा नम्वर ९ मा गोपी तुलाचन, वडा नम्वर १० मा महेन्द्र गुरुङ, वडा नम्वर ११ मा अध्यक्षमा भने सहममती भैसकेको छैन । त्यहाँ देवेन्द्र बास्तोला हुने भएपनि जिल्ला पार्टी कार्यालयमा जारी सचिवालय बैठकमा सहमती हुन सकेको छैन् ।

वडा नम्वर १२ मा ऋषिराम लामिछाने, वडा नम्वर १३ मा दर्शन लामालाई उम्मेदवार बनाएको छ । त्यस्तै वडा नम्वर १४ प्रेमबहादुर कार्की, वडा नम्वर १५ मा प्रकाश पौडेल, वडा नम्वर १६ मा जीवन आचार्य, वडा नम्वर १७ मा तिर्थ अधिकारी, वडा नम्वर १८ मा रणबहादुर थापा, वडा नम्वर १९ मा सोभामोहन पौडेल, वडा नम्वर २० मा सिम गुरुङ, वडा नम्वर २१ मा खगराज आचार्य, वडा नम्वर २२ मा मित्रलाल बराल, वडा नम्वर २३ मा दामबहादुर विक, वडा नम्वर २४ मा ओम सुवेदी, वडा नम्वर २५ मा शोभाकर तिमिल्सेना, वडा नम्वर २६ मा विष्णु बराल, वडा नम्वर २७ मा कुमार गुरुङ, वडा नम्वर २८ मा निर्मल सुनार दियाली, वडा नम्वर २९ मा चेत गुरुङ, वडा नम्वर ३० मा श्रीराम पोखरेल, वडा नम्वर ३१ मा कमलबहादुर थापा, वडा नम्वर ३२ मा खमबहादुर पुन, वडा नम्वर ३३ मा शिवप्रसाद आचार्य उम्मदेवार भएका छन् ।

कमेन्टहरु
Loading...