पोखरा १९ मा कनेक्टिङ सडक पिचहुँदै

पोखरा, १७ जेठ/पोखरा महानगरपालिकाले पहाडी भूभागलाई केन्द्रसँग जोड्नका लागि बहुवर्षीय योजनामा समावेश गरी कनेक्टिङ सडक स्तरोन्नतिको कामलाई अगाडि बढाएको छ । कनेक्टिङ सडक अन्तर्गतकै पोखरा १९ मा पर्ने अमलाबिसौंना तल्लोथर डाँडा घार्मी सडक कलोपत्र हुने भएको छ ।

उक्त सडकलाई स्तरोन्नति गरी कालोपत्र गर्ने काम सुरु भएको पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले जानकारी दिए । नाला बाहेक ६ मिटर चौडाइसहित सडकको ८ सय ३८ मिटर कालोपत्र गरिने वडा नम्बर १९ का इन्जिनियर हरिबहादुर बस्नेतले जानकारी दिए ।

उक्त सडकमा ३ सय ३८ मिटर नाला निर्माण गरिनेछ । ३ वटा कल्र्भट, ४२ मिटर ग्याबियन भरिने बस्नेतले बताए । उक्त काम गर्नका लागि महानगरले १ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा सिटी बिल्र्डसले १ करोड ६ लाख ९४ हजारमा काम सक्ने गरी सम्झौता गरेको सहरी पूर्वाधार महाशाखाका इन्जिनियर राजु रेग्मीले जानकारी दिए । उनका अनुसार निर्माण कम्पनीले आगामी भदौ ४ गतेसम्म काम सक्ने समयसीमा तोकिएको छ ।

यसैबीच पोखरा १९ कै अर्को कनेक्टिङ सडक चितेपानी, कृषि क्याम्पस, रैकरहँुँदैं माछापुच्छे« सडक पनि आगामी वर्षको असारसम्म कालोपत्र गर्ने गरी महानगरले ठेक्का सम्झौता गरेको छ । नाला बाहेक ६ मिटर चौडाइको सडकमा २ किमी ३ सय मिटर सडक कालोपत्र गरिने छ ।

सडकमा ४ किमी नाला निर्माण, १४ वटा कल्र्भट, ५ मिटर रिटेनिङ वाल निर्माण गरिने रेग्मीले बताए । उक्त सडकको ४ सय मिटर सडकलाई फराकिलो पनि पारिनेछ । पोखरा महानगरपालिकाले उक्त काम गर्न ६ करोड ७७ लाखमा बोलपत्र आह्वान गरेकोमा काष्ठमण्डम कस्ट्रक्सनले ४ करोड ८२ लाख ९८ हजारमा सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

निर्माण कम्पनीलाई २०७७ असारसम्ममा काम सक्ने समयसिमा तोकिएको छ । ग्रामीण भेगका नागरिकलाई विकटबाट निकटमा ल्याउन कनेक्टिङ सडकको योजनालाई प्राथमिकतामा राखेर महानगरले काम गरिहेको महानगरका प्रमुख मानबहादुर जिसीले बताए ।

जिसीका अनुसार महानगरले कनेक्टिङ सडक निर्माण गर्न २७ वटा योजनालाई बहुवर्षीय योजनामा समावेश गरी काम थालेको हो । २७ योजना मध्ये २२ योजना सम्झौता भई काम सुरु भएको छ भने ५ वटाको ठेक्का सम्झौता आगामी हप्ता भित्र सकिने सहरी पूर्वाधार महाशाखाले बताएको छ ।

कमेन्टहरु
Loading...