CAN

पोखरामा विभिन्न कार्यक्रम सहित ट्होटें पर्व मनाए (फोटो फिचर)

86

पोखरा, ३२ साउन /गुरुङ्हरुको बिशेष पर्व ‘ट्वोहें’ पोखराका गुरुङहरुले विविध कार्यक्रम गरी मनाएका छन् । हरेक वर्षको साउन र चैत्र महिनाको अन्तिम मंगलबार गुरुङ्गहरुले यो पर्व मनाउदै आएका छन् । ट्होटें पर्व मनाउनाले रोग, ब्यधा हट्ने, प्राकृतिक प्रकोप न्यूनीकरण हुने, खेतीबाली राम्रो हुने, सुखशान्ति प्राप्त हुने, भुतप्रेत पन्छाउने विश्वास छ ।

ट्होटें मनाइएमा राक्षस, भूतप्रेत भाग्ने तथा कु–संस्कृति हट्छ भन्ने पुरानो मान्यतालाई निरन्तरता दिदै पोखराका यो पर्वलाई विशेष पर्वको रुपमा मनाउँदै आएका छन् । गुरुङ जातिको बाहुल्य रहेको पोखरामा उनीहरुले मंगलबार पोखरामा बाजागाजा र झाँकीको र्याली निकालेका थिए ।

पोखराको टुँडिखेलबाट सुरु भएको ¥याली पोखराको बजार परिक्रमा गरेर नयाँबजारमा रहेको तुमधिमा कोणसभामा परिणत भएको थियो । तमु धिं नेपालसँग आबद्ध विभिन्न ५० वटा संघसंस्थाहरुको सहभागिता रहेको र्यालीमा गुरुङ्गहरुको आफ्नो सँस्कृति झल्कने पहिरनमा सजिएका थिए । केही सहभागीहरुको अनुहार विभिन्न रंगले पोतिएको देखिन्थ्यो भने केहीले रुखका हाँगाबिंगाहरुको कपडा बनाई ढ्याँग्रो ठोक्दै नगर परिक्रमा गरेका थिए ।

पोखरा १ बगरस्थित टुडिखेलमा भेलाभई पुजाआजा गरी ट्होटें खेल्दै तमुहरुको मुल घर तमु धिं मा खेली सेतीमा विसर्जन गरी समापन गरीएको हो । र्यालीका उत्कृटहरुलाई पुरस्कारको समेत व्यवस्था गरेको थियो ।

पोखरामा ट्होटें पर्व र्याली, झाकी र नृत्य सहित मनाउदै । तस्विर ः सञ्जय शाक्य

पोखरामा ट्होटें पर्व र्याली, झाकी र नृत्य सहित मनाउदै । तस्विर ः प्रदिप पौडेल