काठमाडौं र पोखराको मेयर कांग्रेसलाई, भरतपुरमा माओवादीलाई

काठमाडौ, २१ वैशाख / नेपाली कांग्रेस र माओवादी केन्द्रले चार महानगरमा चुनावी तालमेल गर्ने भएका छन् । सहमति अनुसार काठमाडौं र पोखराको मेयरमा माओवादीले कांग्रेसलाई सघाउने छ भने चितवनको भरतपुरमा माओवादीलाई कांग्रेसले सघाउने सहमति भएको जानकारी प्राप्त भएको छ । यद्यपि काठमाडौंको मेयर छाडेपछि ललितपुर आफूले पाउनु पर्ने माओवादीको दाबी छ ।

दुबै दलका नेताहरु अहिले पनि छलफलमै छन् । साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताको अन्तिम समय भएकाले त्यसअघि टुंगो लाग्ने नेताहरुले बताएका छन् । उम्मेदवारी दर्ताकै दिन एमाले र राप्रपाबीच दुई महानगर काठमाडौं र ललितपुरमा चुनावी तालमेल भएपछि सत्तारुढ दुई दललाई दबाव बढेको थियो ।

तर, दुबै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दिइसकेकाले सहमति हुन गाह्रो देखिएको थियो । पोखरामा दुबै दलबीच तालमेलको प्रयास भएको थियो तर, सहमति जुट्न नसकेपछि कांग्रेसले रामजी कुँवरलाई मेयर र सरस्वती गुरुङलाई उपमेयर तथा माओवादीले विश्वप्रकाश लामिछानेलाई मेयर र गोमा ढकाललाई उपमेयरको उम्मेदवार बनाएको छ । दुई पार्टी बिच भएको तालमेलको कार्यकताले भने विरोध गरेका छन् ।

कमेन्टहरु
Loading...