पोखराको केदारेश्वर मन्दिरमा बोलबम

सागर राज तिमिल्सिना
पोखरा, ३ साउन/साउन महिनाका हरेक सोमबार पोखरामा आयोजना हुँदै आएको बोलबम कार्यक्रम आजबाट सुरु भएको छ । पोखरामा केदारेश्वर महादेवमणि संरक्षण एवं बोलबम समिति पोखराले आयोजना गरेको केदारेश्वर मन्दिर र विन्द्यबासीनी मन्दिरमा भक्तजनहरुको ठुलो भिड्लागेको छ ।

बगरस्थित शुक्लागण्डकी गाइघाटबाट पवित्र जल उठाई, बाजा गाजा र झाँकीका साथ पोखरा नगर परिक्रमा गरेर भक्तजनहरुले बैदामस्थित केदारेश्वर मन्दिर र विन्द्यवासीनी मन्दिरमाको ज्योतिर्लिङमा जल चढाएका छन् ।

पोखरामा बोलबम तस्विर ः सन्जय शाक्य
पोखरामा बोलबम तस्विर ः सन्जय शाक्य

गाइघाटमा १०८ धारा स्नान गरी, भजनकीर्तन, बाजागाजा, नाचगान र झाँकीसहित ८ किलोमिटर पैदलयात्रा गरी बोलबमधाम केदारेश्वर मन्दिरको १०८ शिवलिङ्गमा जलार्पण गर्ने भक्तजन भजन कृतनका साथ आएका थिए । ‘बोलबमको ध्वनीले, शान्ति पाउन् साराले’ भन्ने मूलमन्त्रका शिवको ज्यातीर लिङ्गमा जल बेलपत्र, गाईको दुध चाउने गर्दछन् ।

भजनबाटै शिवको महिमा सुनाउदै थिए । शिवमन्दिरमा जलार्पण गर्ने कार्यक्रम विभिन्न ठाउँमा रहे पनि आठ संजोगका कारण केदारेश्वरमा भने बोलबमको खास महत्व रहेको आयोजकको दावी छ । भगवान शिवले सृष्टिपालना तथा सम्भारमा अष्ठमूर्ति स्वरुपधारणा गरेको वर्ण शिवपुराणमा उल्लेख रहेको र साधकले आफ्नो साधना प्राप्ति गर्न पनि अष्ठसिद्धि गर्नुपर्ने बताइन्छ । कतिपय विदेशी समेत गाईघाटमा जललिन पुगेका थिए ।

पोखरामा गाईघाटबाट जललिई केदारेश्वमन्दिर, विध्यवासीको शिव मन्दिर र अन्य शिवमन्दिरहरुमा जल चढाउनेको घुइचो छ । सेती नदिमा जललिन जानेलाई नेपाली सेना, शसस्त्रप्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेका छन् । केदारेश्वमा भक्तजनको ठुलो मात्रामा भक्तजन आउने हुदा विभिन्न संघ सस्थाले पानी र प्रसादको समेत व्यवस्था गरेका छन् । साउनमा भगवान शिवको आराधना गर्र्दै ज्योर्तिलिङ्गमा गंगाजल र बेलपत्रजस्ता सामग्रीले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

कमेन्टहरु
Loading...