पोखरा र लेखनाथमा वैशाख १६ विद्युत बन्द हुने

पोखरा, १५ वैशाख/पोखरा र लेखनाथमा वैशाख १६ गते बिहीबार विद्युत आपूर्ति बन्द हुने भएको छ ।

पोखरा र लेखनाथमा वैशाख १६ विद्युत बन्द हुने
पोखरा र लेखनाथमा वैशाख १६ विद्युत बन्द हुने

नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड शाखाले सुचना निकालेर विद्युत आपुर्ति बन्द हुने जानकारी दिएको हो । वैशाख १६ गते विहान ७ बजे देखि बेलुका ७ बजे सम्म विद्युत बन्द हुने जानकारी दिएको हो ।

२५ मेगावाटको माथिल्लो मादी जलविद्युत आयोजनाको प्रशारण लाइनलाई लेखनाथको १३२ केभिमा जडान गर्नु पर्ने भएका कारण विद्युत आपूर्ति बन्द गर्नु परेको जानकारी दिएको छ । शाखाले समय मै काम सम्पन्न भएमा अगावै विद्युत आपूर्ति सञ्चालन हुने समेत जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...