पोखरा महानगरपालिका वडा नम्बर १३, १४, १५ र १६ का वडा अध्यक्षमा आकांक्षीहरु

पोखरा, २० चैत /आउँदो स्थानीय तहको निर्वाचन नजिकिदै जादा टोल, गाउँघर, वडा सबै तिर निर्वाचन कै चर्चा छ । कास्कीबाट ७२ जना वडा अध्यक्ष निर्वाचित हुनेछन् । त्यसमध्ये ३३ जना पोखरा लेखनाथ महानगरपालिकामा मात्रै हुनेछन् ।

पोखरा लेखनाथ महानगरपालिकाको ३३ वटै वडामा वडाध्यक्षको लागि आकांक्षा देखाउनेको सूची निकै लामो छ । पोखरा लेखनाथमा आकांक्षा व्यक्त गर्ने, कार्यकर्ताले मन पराएकाहरु पनि छन् ।  पोखरा लेखनाथ महानगरपालिकाको अध्यक्षमा चर्चामा रहेकाहरु ।

साविक पोखरा १३ र २२ समायोजन भएर बनेको पोखरा लेखनाथ १३ मा काँग्रेसको तर्फबाट बिष्णु बराल, अर्जुन सिग्देल, राम बराल, भीम काजी गुरुङ, देवराज बराल, दिपक गुरुङ, सूर्य बराल, एमालेमा प्रकाश सिग्देल, दर्शन लामा, लोक बहादुर कार्की, बसन्त बराल, बसन्त शर्मा अधिकारी, नारायण बराल, पूर्ण लामा, टंक भट्टराई र माओबादी केन्द्रका तिलक गुरुङ, चित्र बहादुर विक, देवराज पौडेल, बिरजंग गुरुङ नयाँ शक्तिबाट रेशम योगी , हरि गुरुङ्, राजु तामाङ्वडा अध्यक्षको चर्चामा छन् ।

साविक १४ र १८ मिलेर बनेको पोखरा लेखनाथ १४ मा काँग्रेसका बोधराज बराल, बोधराज कार्की, बलराम कुवँर, टेक बहादुर कार्की, गोकर्ण कार्की, एमालेका प्रेम बहादुर कार्की, जंग बहादुर कुवँर, रोम बहादुर कार्की, माओबादीका अमर ढुंगाना, शिव कँडेल र राप्रपाका जगत बहादुर कार्की, अमृत कार्की, नयाँ शक्तिबाट रामचन्द्र कुँवर , रमेश सिके , कर्ण गुरुङ्, देवजंग क्षेत्री , शकर कार्कीको नाम सुनिएको छ ।

वडा नम्बर १५ मा काँग्रेसका शुषिलराज पराजुली, टोप बहादुर थापा, डम्बर बहादुर बानियाँ, चिरञ्जीवी बराल, एमालेमा प्रकाश पौडेल, तोरण बानियाँ, पार्वती कार्की र माओबादी केन्द्रका कल्पना थापा, भक्त बहादुर खत्री, केवलबहादुर गौतम, पदम बहादुर थापा, नयाँ शक्तिबाट राजु गिरी, चन्द्र वहादुर गुरुङ् चर्चामा छन् ।

साविक १६ र २८ समायोजन पछि बनेको पोखरा लेखनाथ १६ मा काँग्रेसबाट पदमसिंह गुरुङ, होम बहादुर बानियाँ, बुद्धी बहादुर गुरुङ, एमालेमा दान बहादुर बानियाँ, जीवन आचार्य, बसन्त तिमिल्सीना, राम जिसी, सुवास अधिकारी र माओबादी केन्द्रबाट गुरुदत्त भट्टराई, इमान बहादुर गुरु, नविन अधिकारी, बसन्त भट्टराई, निर्मल आचार्य, नयाँ शक्तिबाट ऋषी गिरी , रेशम सापकोटा , एक बहादुर गुरुङ्ले दावी गरेका छन् ।

कमेन्टहरु
Loading...