पोखरा महानगरपालिकामा कांग्रेसबाट काफ्ले मेयरका आकांक्षी

पोखरा, २५ चैत /नेपालको सबैभन्दा ठुलो महानगरपालीका पोखरामा मेयरका आंकाक्षीहरु दिनप्रतिदिन बढदैछन् । करिब दुई दशकपछि हुन लागेको स्थानिय निर्वाचनमा राजनीतिक पार्टीहरुबाट उम्मेदवार घोषणा भइसकेका छैनन् । तर स्वस्फुर्त रुपमा मेयरमा उम्मेदवार घोषणा गर्नेहरु प्रशस्त भेटिन्छन ।

निर्वाचन आयोगले बैशाख ३१ गतेको मिति तोकेर स्थानिय निर्वाचन हुने जानकारी गराए संगै नेताहरुमा चुनावी सरगर्मी बढेको हो । स्थानिय निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने राजनीतिक वृत्तमा ठुलै ‘लबिङ’ चलिरहेको छ । महानगरको मेयर पदमा ठुलादलहरुमा नेताहरुको कसरत शुरु भइसकेको छ । सम्भावित नेताहरु आफ्नो पक्षमा मतदातालाई रिजाउन लागिपरेका छन ।

यसैविच ठुलो दल नेपाली कांग्रेसबाट मेयरका लागि ऋषी काफ्ले आकांक्षी देखिएका छन् । केन्द्रीयस्तरमा सबै नेताहरु संग समान पहुँच रहेका काफ्लेले मेयरको टिकट पाउने सम्भवना प्रबल रहेको उनी निकट बताँउछन । विंस २०३५ सालमा नेपाल विद्यार्थी संघको सदस्यका रुपमा राजनैतिक जिवन शुरु गरेका उनलाई कांग्रेस भित्रको बलियो उम्मेदवारका रुपमा हेरिएको छ ।

आफ्नै पार्टी भित्र होस् या अन्तरपार्टीका सहकर्मीहरु संग राम्रो सम्बन्ध भएकै कारण बलियो देखेर नै काँग्रेसले आफूँलाई मेयरको टिकट उपलब्ध गराउने उनको दावी छ । कांग्रेस भित्र मेयरको टिकट ल्याउन धेरैको कसरत चलेको बताउदै टिकट पाउने तिन भित्र आफुँ पर्ने समेत उनले बताए ।

कुनै विवादमा नफसेका र स्वच्छ छवि भएका काफ्ले गुटगत राजनितिको अन्त्य गर्न लागिपर्ने नेताका रुपमा पार्टी भित्र परिचित छन् । कांगेसको तेह्रौँ महाधिवेशन प्रतिनिधी समेत रहेका काफलेको स्थानियस्तरमा राम्रो प्रभाव छ । युवाहरु माझ लोकप्रिया काफ्ले स्थानिय निकायमा राम्रो प्रभाव राख्न सक्ने नेता पनि हुन् । तरुणदल कास्कीको सफल नेतृत्व गरिसकेका काफ्लेले पार्टीका निमिक्त विभिन्न कालखण्डमा पटकपटक जेल जिवन समेत भोगेका छन ।

विंस २०४२ सालको सत्यगृह आन्दोलनमा समेत गिरफतारमा परेका नेता काफ्ले पोखरामा दर्जन बढि समाजीक संघसंस्थामा क्रियाशिल छन् । जनआन्दोलन २०६२र०६३ मा अग्रभागमा रहि नेतृत्व गरेका उनि घाइते हुन पुगेका थिए । जनआन्दोलन घाइतेहरुको तथ्याङकामा उनको नाम अझै भेट्न सकिन्छ । काँग्रेसबाट आधा दर्जन नेताहरुले उम्मदेवार घोषणा गरेका छन् ।

कमेन्टहरु
Loading...