लेकसाइडको होटलमा पर्यटक मृत फेला

पोखरा, २ कात्तिक / पोखरा महनागरपालिका ६ लेकसाईडको एक गेष्ट हाउसमा एक विदेशी मृत फेला परेका छन् ।

स्ट्रेट नम्बर २ स्थितमा रहेको एक गेष्ट हाउसको कोठामा जर्मन नागरिक ७६ बर्षिय कर्लर मृत भेटिएका हुन् ।  लामो समय देखी सोही गेष्ट हाउसमा बस्दै आएका उनी शनिबार बिहान मृत भेटिएका हुन् ।

बिहान अबेर सम्म नउठेकोले गेष्ट हाउसका साहुजी गई हेर्दा मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ उनले प्रहरीलाई खबर गरेका थिए ।

उनको शवलाई राजदुताबास मार्फत उनकै देशमा उपठाउने प्रहरीको भनाई छ ।

कमेन्टहरु
Loading...