पोखरामा ठुलो रकम सहित ६ जना जुवा पक्राउ

पोखरा, ३ जेठ /कास्की प्रहरीले पोखरा महानगर पालिका बडा नम्बर ७ मासबारबाट ६ जनालाई जुवा खेलेको आरोपमा पक्राउ गरेको छ ।

पोखरा ७ मासबार डेरा गरी बस्ने ३५ बर्षिय मुना गुरुङले अबैध रुपमा जुवातास खेलि खेलाईरहेको आरोपमा उनि सगँ अन्य ६ जनालाई प्रहरीले पक्राउ गरे ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले तास खेलि खेलाईरहेको अबस्थामा ४ जना महिला र २ पुरुष सहित ३ बुक तास र १ लाख ५२ हजार ५ सय २५ नगद सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कास्कीका प्रबक्ता डिएसपि रविन्द्र गुरुङले जानकारी दिए ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका बडा नम्बर ३ नदिपुर बस्ने ५७ बर्षका पुर्ण बहादुर गुरुङ, पोखरा ५ मालेपाटनका ३९ बर्षिय ठाकुर गुरुङ, पोखरा महानगरपालिका ७ बस्ने ३७ बर्षिय प्रेम कुमारी गुरुङ, की ३५ बर्षिय मिना पुन, पोखरा ८ कि संगिता गुरुङ र पोखरा १५ की ३६ बर्षिय मुना गुरुङ रहेका उनले बताए ।

कमेन्टहरु
Loading...