पश्चिमाञ्चल, सुदुर र मध्यपश्मिाञ्चलबाट बक्सिङ खेलाडी छनोट

पोखरा २३ मंसिर / पूर्वाञ्चलमा आयोजना हुने सातौँ राष्ट्रिय खेलकुदका प्रतियोगिताका लागीका तिन विकास क्षेत्रबाट खेलाडी छनोट भएका छन् । प्रतियोगिता लागी पाँचै विकास क्षेत्रका छनोट खेल पोखरा रगंशालामा गरिएको छ ।

छनोट प्रतियोगिता अन्र्तगत विहिबार भएको फाइनल खेलबाट पश्चिमाञ्चलबाट ४९ केजी तौलम समुहमा विष्णु गौतम(कास्की), ५२ केजी तौलम समुहमा चिरञ्जिवी राना(पाल्पा), ५६ केजाी तौल समुहमा दिनेश बानियाँ(कास्की), ६० केजी तौलमा सविन गुरुङ(कास्की), ६९ केजीमा सागर शाही(कपिलबस्तु), ७५ केजीमा नरेश थापा(रुपन्देही),८१ केजीमा नुरेन्द्र गुरुङ(नवलपरासी), ९१ केजीमा विजय आलेमगर(कास्की), र ९१ केजी तौल समुहमाथि ओमप्रसाद गुरुङ(कास्की) छनोट भएको छनोट प्रतियोगिता पश्चिमाञ्चल सचिवालय प्रमुख कृष्ण तिमिल्सेनाले बतााए ।

त्यस्तै सुदुरपश्चिमाञ्चल विकास क्षेत्रबाट बक्सिङका लागी ४९ केजी तौल समुहमा गौरव चन्द्र(कन्चनपुर), ५२ केजीमा महेन्द्र चन्द(कन्चनपुर) ,५६ केजीम राजेश चन्द(कन्चनपुर), ६० केजीमा रामबहादुर थापा(कन्चनपुर), ६४ केजीमा प्रशान्त दाहाल(बजुरा) र ६९ केजीमा लक्ष्मण थामामगर(कैलाली) छनोट भएका छन् । त्यस्तै मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट ४९ केजीमा चन्द्रबहादुर थापा(दाङ), ५२ केजीमा प्रेम चौधरी(दाङ), ५६ केजीमा चन्द्रज्योती थापा(दाङ), ६० केजीमा यूरेन्द्र बुढामगर(दाङ), ६४ केजीमा बिपिन रोकामगर(रोल्पा), ६९ केजीमा अर्जुन बुढामगर(जाजरकोट)छनोट भएका छन् ।

एथलेटिक्स
छनोट खेल अन्र्तगत विहिबार पोखरा रगंशालाको एथलेटिक्स ट्रयाकमा भएको एक हजार मिटर पुरुष दौडमा प्रकाश कुँवर(पर्वत)ले स्वर्णपदक जितेका छन् ।उनले ३५ मिनेट ५९ सेकेण्डमा निर्धातिर दुरी पुरा गरे । आर्यन बस्नेत(गोर्खा)ले ३६ मिनेट ५६ सेकेण्डमा दुरी पार गदै रजत पदक जित्दा प्रताप भुसाल(पर्वत)ले ३८ मिनेट २० सेकेण्डमा दुरी पार गदै कास्य पदक जिते । सोही इभेन्टको महिला तर्फ गिता विक(गुल्मी)ले ५२ मिनेट ४० सेकेण्डमा निर्धारित दुरी पार गदै स्वर्ण पदक जितिन । सिता सेन(गुल्मी)ले ५२ मिनेट ४८ सेकेण्डमा दुरी पार गदै रजत र इन्दिरा नेपाली(पर्वत)ले ५३ मिनेट २४ सेकेण्डमा दुरी पुरा गदै कास्य पदक जितिन् ।

त्यस्तै चार गुणा चार सय मिटर रिले पुरषमा कपिलबस्तुले स्वर्ण जित्यो भने कास्कीले रजत र नवलपरासीले कास्य पदक जित्यो । सोही इभेन्ट महिला तर्फ नवलपरासीले स्वर्ण, पर्वतले रजत र स्याङजाले कास्य पदकमा चित्त बुझायो । २ सय मिटर पुरुष दौडमा संदीप चौधरी(कपिलबस्तु)ले स्वर्ण, जयसराम चौधरी(कपिलबस्तु)ले रजत र प्रदिप चौधरी(नवलपरासी)ले कास्य पदक जिते । २ सय मिटर महिला दौडमा रिमा कार्कीी(म्याग्दी)ले स्वर्ण,रोस्मी कार्की(गोरर्खा)ले रजत र सरिष्मा थापा(स्याङजा)ले कास्यपदक जिते ।

ह्याडबल

पश्चिमाञ्चलस्तरीबाट ह्याडबल पुरुष र भारोत्तोलनका खेलाडी छनोट भएका छन् । ह्याण्डबलमा कास्कीका खेलाडीले बर्चश्व जमाएका छन् । छनोट भएका १४ खेलाडीमा ९ जना कास्कीबाट परेका छन् । छनोट प्रतियोगिता अन्र्तगत बुधबार सम्पन्न खेलबाट विशाल बस्नेत(कास्की),बिमल अधिकारी (कास्की), सन्दिप खड्का (कास्की),दिनेश श्रेष्ठ(कास्की), प्रेम गुरुङ(कास्की), सरन थापा (कास्की),चन्द्र केसी(कास्की),भासु गुरुङ(कास्की),सुरज देवकोटा(कास्की), प्रतिक भुजेल(रुपन्देही), प्रतिक थापा(रुपन्देही), प्रचन काला(बाग्लुङ), कल्याण भण्डारी(बाग्लुङ), डम्वर बहादुर महतो(नवलपरासी) रहेका छन् भने बैकप्पिकमा गणेश कार्की (बाग्लुङ) र तारा केसी(कास्की) रहेका छन् ।

बास्केटबल
छनोट अन्र्तगत पोखरा रगंशालामा सम्पन्न पुरष बास्केटलमा म्याग्दीले कास्कीलाई ६३–५१ को स्कोरमा पराजित गरेको छ । दोस्रोखेलमा कास्कीले मुस्ताङलाई ६४–४२ स्कोरले पराजित गर्यो । अर्को खेलमा मुस्ताङले स्याङजालाई ५४–४७ ले पराजित भएको छ । महिला बास्केटलमा म्याग्दीले कास्कीलाई ७०–६६ स्कोरले पराजित गरेको छ भने कास्कीले रुपन्देहीलाई २१–१०ले पराजित गरेको छ ।

क्रिकेट
पोखरा रगंशालाको क्रिकेट मैदानमा विहिबार भएको खेलमा कास्कीले नवलपरासीलाई ९ विकेटले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको नवपलरासीले सवै विकेट गुमाउदै ८८ रजनमा समेटिएको थियो भने जवाफी ब्याटिङमा उक्रेके कास्कीले एक विकेट गुमाएर ९१ रन बनाउदै जित दर्ता गर्यो । अर्को खेलमा रुपन्देहीले गुल्मीलाई ५२ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको रुपन्देहीले ९ विकेटको क्षतीमा १ सय ३३ रन जोडेको थियो । १ सय ३४ रनको लक्ष्य सहित मैदान उत्रेको गुल्मी सात विकेट गुमाएर ८१ रनमात्र जोडन सक्यो । त्यस्तै महिला क्रिकेटमा रुपन्देहीले कास्कीलाई १० विकेटले पराजित गरेको छ । कास्कीले पहिले ब्याटिङ गदै आफना सवै विकेटगुमाउदै जम्मा ४८ रनको लक्ष्य दिएको थियो । रुपन्देहीले उक्त लक्ष्य विना विकेटको क्षतीमा भेटटाएको थियो ।

मंसिर ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १६ जिल्लाका २४ सय ८४ खेलाडीले विभिन्न खेलमा प्रतिस्पर्धाँ गरेका छन । प्रतियोगितामा छात्र १६०८ र छात्रा ८ सय ७६ र अफिसियल ४५३ जना गरि २९ सय ४२ जनाको सहभागीता रहने छ ।

कमेन्टहरु
Loading...