पोखराका ठाउँ ठाउँमा बम, सृजनाचोकको बम शक्तिशाली – प्रहरी

पोखरा, १३ जेठ /पोखराका सहित देशका बिभिन्न स्थानमा विष्फोटक पदार्थ बम फेला परेका छन् । तीनलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

पोखराको सिर्जनाचोक नजिक एनसेल कार्यालय, न्यूरोडमा रहेको आईडिया केजलको गेट, पोखराको पृथ्वीचोक, महेन्द्रपुल, अन्नपूर्ण गाउँपालिकाको नौडाडा र नयाँपुल नजिक धोबिखोला र माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक पुलमा शंकास्पद बस्तु भेटिएका थिए ।

पोखराको न्युरोड, सिर्जनाचोक र कास्की नौडाडामा भेटिएका विष्फोटक पदार्थ र शंकास्पद वस्तुलाई नेपाली सेनाले डिस्पोज गरेको छ ।

पोखराको सृजनाचोक, पृथ्वीचोक र महेन्द्रपुलमा आइतबार राती नै बम भेटिएको थियो । पृथ्वीचोक र महेन्द्रपुलमा भेटिएको बमलाई राती नेपाल प्रहरीले उठाएर सेती नदिमा बगाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

पोखराका ठाउँ ठाउँमा बम, सृजनाचोकको बम शक्तिशाली – प्रहरी
बम

पोखराको सिर्जना चोकस्थित एनसेल कार्यालयअघि राखिएको प्रेसर कुकर बम नेपाली सेना डिस्पोज गरेको छ । सोमबार बिहान सेनाको टोलीले बम डिस्पोज गर्दा एनसेल कार्यालयको सिसा फुटेका छन् ।

बम शक्तिशाली रहेछ कास्कीका प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले बताए । उनले बम डिस्पोज गर्दा त्यस वरपरका घरका सिसा समेत फुटेका छन् ।

कमेन्टहरु
Loading...