पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय, आशंकामा एक जना पक्राउ (फोटो फिचर र भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा ३० बैशाख/पोखरा लेखनाथ महानगर पालिकाकाको सभागृहमा भेटिएको प्रेसर कुकर बम नेपाली सेनाले निश्क्रिय पारेको छ । शनिबार बिहान कालो झोलामा तार निश्केको अवस्थामा शंकास्पद बस्तु देखेपछि स्थानियले प्रहरीलाई खबर गरेको थियो ।

बमलाई नेपाली सेनाको कालीभञ्ज्याङ गणको डिस्पोजल टोलीले करिब साढे १ घण्टामा निश्क्रिय पारेको हो । झोलामा भएको बमलाई पोखराको सभागृह चोकमा डोरीले तानेर लगेको थियो । पहिलो पटक निस्किय पार्दा भए पछि पुन झोलाबाट पेसकुकर बमलाई झिकेर निस्क्रिय गरेको थियो । सभागृह चोकमा वरपर बालुवाले घेरेर डिस्पोज गरेका थियो ।

कुकर भित्र सकेट बम भएको आशंकामा घेरेर डिस्पोज गरेका नेपाली सेनाले जनाएको छ । बम राखेको आशंकामा पृथ्वीचोक स्थित शरणार्थी क्याम्पमा बस्ने टांसी वाङदी लामालाई प्रहरीले पक्राउ गरेको छ । यस अघि हिलो सांझ पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ६ स्थित ताल बाराही स्कुलमा सुतली बम विस्फोट भएको थियो ।
https://www.youtube.com/watch?v=qy3Ds2rXIT0&feature=youtu.be

 

पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
पोखरामा भेटिएको बम सेनाद्धारा निश्क्रिय
कमेन्टहरु
Loading...