पोखरामा गएराती ठुलो आगलागी, एक करोडको क्षती

सागर राज तिमिल्सिना
पोखरा, २१ वैशाख /गए राती पोखरा लेखनाथ महानगरपालिकाको १३ स्थीत एक घरमा आगलागी हुदा ठुला धनमालको क्षती भएको छ । पोखरा १३ आर्वा निवासी टंकानाथ सुबेदीको घरमा आगलागी भएका हो ।

राती करिब २ बजे तिर लागेको आगोका कारण दुई तले घर र सामानहरु जलेर नस्ट जल्दा करिब १ करोडको क्षती भएको प्रहरीले जानकारी दिएको छ । ‘विजुली सट् भएर आगो लागे छ,’ सोही ठाउँका पत्रकार श्रीराम सिग्देलले भने ‘राती नै आगो निभाउन गएका थियो, तर आगो ठुलो भईसकेका कारण नियन्त्रणमा लिन सकिएन ।’

राती करिब दुई बजे तिर आगोलागे पछि तातो भएर घरमा सुति रहेका परिवारले थाहा पाए पछि बाहिर निस्केर बाच्न सफल भएको बताए । उनले घरमा रहेको धान, मकै, कोदो लत्ता कपडा, पैसा सबै जलेर नस्ट भएको बताए । आगो निभाउन राती नै पुगेको भए पनि ग्यासको सिलिण्डर ठुलो आवाजका साथ पड्कीए पछि आगो नियन्त्रणमा लिन नसकिएको बताए । आगोलाई राती नै दमकल गएर नियन्त्रणमा लिएको बताए ।

कमेन्टहरु
Loading...