पोखरा विमानस्थलको ऋण सम्झौतामा विवाद

काठमाडौं, ७ वैशाख/पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका बजेट जुटाउन गरिने ऋण तथा अनुदान सम्झौतका विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल सरकारबीच विवाद भएको छ ।

अर्थ मन्त्रालय र प्राधिकरणबीच गर्नुपर्ने विमानस्थलको ऋण तथा अनुदान सम्झौताका विषयमा कुरा नमिल्दा विवाद देखिएको आजको अन्नपूर्णमा समाचार छ । प्रधानमन्त्र किेपी शर्मा ओलीले नयाँ वर्ष २०७३को पहिलो दिन १ गते विमानस्थल शिलान्यास गरिसकेका छन् ।

अर्थ मन्त्रालय र प्राधिकरणबीच विमानस्थल निर्माण गर्न चीनले नेपाल सरकारलाई सहुलियत ऋण तथा अनुदानमा दिएको साढे २१ अर्ब रुपैयाँ खर्च गर्ने विषयमा पुनः सहायक ऋण सम्झौता गर्नै विषयमा विवाद भएको हो ।

नेपाल सरकारले साढे २१ अर्ब रुपैयाँको २५ प्रतिशत रकम बिना व्याजमा र बाँकी रकम दुई प्रतिशतको सहुलियत ऋण तिर्ने गरि चीनसँग सम्झौता गरेको छ ।

यो रकम खर्च परिचालन गर्ने निकाय प्राधिकरणले भने चलनचल्तीको दर ८ प्रतिशतमा नेपाल सरकारलाई ऋणको व्याज तिर्नुपर्ने भनेपछि विवाद भएको हो ।

कमेन्टहरु
Loading...