पोखरामा विमानस्थल निर्माणका गर्न अर्थ मन्त्रालय र प्राधिकरणबीच ऋण सम्झौता

सागरा राज तिमिल्सिना
पोखरा, २३ जेठ /पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणबीच आइतबार सहायक ऋण सम्झौता भएको छ ।

अर्थ मन्त्रालयले ५ प्रतिशत ब्याजदरमा प्राधिकरणलाइ ऋण उपलब्ध गराउने सहमतिमा आइतबार प्राधिकरण र अर्थमन्त्रालयबीच हस्ताक्षर भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदीप अधिकारीले जानकारी दिए ।

विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यो रकम अर्थ मन्त्रालयले चीनको ‘एक्सपोर्ट–इम्पोर्ट’ (एक्जिम) बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति भएको थियो ।

अर्थमन्त्रालयले एक्जिम बैंकसँग ऋण लिएर प्राधिकरणलाई उपलब्ध गराउने भएकोले अर्थ र प्राधिकरणबीच सहायक ऋण सम्झौता हुनु आवश्यक थियो । तर, अर्थले प्राधिकरणलाई ऋण दिँदा ७ प्रतिशतसम्म ब्याज लिने तयारी गरेपछि लामो समयदेखि सम्झौता हुन सकेको थिएन । प्राधिकरणले लिएको ऋण १३ वर्षमा चुक्ता गर्नुपर्ने सम्झौता भएको अधिकारीले बताए ।

कमेन्टहरु
Loading...