पोखरा– १३ र २२ मा तरुण दल, २६ मा काँग्रेसको भेला

पोखरा, २० चैत/ पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ मा सम्पन्न युवाहरुको भेलाले निर्मल गुरुङको अध्यक्षतामा तरुण दल इकाइ समिति गरेको छ। समितिको उपाध्यक्षमा सन्तोषबहादुर बराल, सन्तोष आचार्य, सचिवमा भुवन बराल, सहसचिव अर्जुन बराल, कोषाध्यक्षमा बिदुर बराल छन्।

सदस्यमा मिनेसराज प्रधान, राजकुमार गुरुङ, अमृत गुरुङ, सूर्य परियार, सुवाष गुरुङ, तुल्सि गुरुङ, बिनिता बराल, इशाद अलि, अमृतकुमार क्षेत्री, सुजाता बराल, संजय बराल, दिपक बराल, आशिष गुरुङ, बिनोद बराल, सुजन बराल, रामचन्द्र बास्तोला, तारा गुरुङ, वेदप्रसाद गुरुङ, कुमार दमाई, ज्योती बराल, सन्तोष नेपाली, समन्तराज तिमिल्सिना, अमृत गुरुङ, सन्तोष विक र सन्तोष बराल छन्।

भेलामा नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका समितिका सभापति बजिरमान श्रेष्ठ, महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, गुरु बराल, जिल्ला सदस्य नवीन सिग्देल, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भानु ढकाल, तरुण दल क्षेत्र नं २ का सभापति दिपक गुरुङ, क्षेत्रीय प्रतिनिधि भिमकाजी गुरुङ, नेपाल तरुण दल कास्कीका सदस्य मधुकुमार श्रेष्ठ, नेपाल महिला संघ क्षेत्र नं २ की सचिव रामकुमारी पौडेल, महिला संघ वडा सभापति रमा कार्कीले बोलेका थिए।

नेपाली काँग्रेस पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ का सभापति अर्जुन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा सहसभापति विष्णु बरालले स्वागत, सचिव वेदनाथ बराल र तिलक गुरुङले सञ्चालन गरेका थिए। त्यस्तै, युवाहरुको भेलाले पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ मा विष्णुप्रसाद बरालको अध्यक्षतामा तरुण दल इकाइ गठन गरेको छ।

भेलामा काँग्रेस नेता खेमराज पौडेल, काँग्रेस क्षेत्र नं ३ का सचिव प्रकाश बराल, इकाइ उपसभापति चेतभक्त बराल, सचिव होमनाथ बरालले बोलेका थिए। नेपाल तरुण दल पोखरा लेखनाथ महानगरपालिका वडा नं २२ का सभापति हेमराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सुवास गुरुङले स्वागत र कार्यवाहक सचिव विष्णु बरालले सञ्चालन गरेका छन्।
साथै पोले – २६ मा पनि काँग्रेसको भेला सम्पन्न भएको छ।

भेलाको उद्घाटनगर्दै कास्की काँग्रेसका सभापति कृष्ण केसीले काँग्रेसको लहर बढेकाले उच्च मनोबलका साथ निर्वाचनमा जुट्न आग्रह गरे। भेलामा जिल्ला सदस्य देवेन्द्र रानाभाट, इकाइ सभापति रविन्द्र श्रेष्ठ, सचिव विष्णुप्रसाद पौडेल, तरुण दलका नरेन्द्र थापा, कृष्णमोहन भट्टराई, सुवाष पौडेल, माया बराल, सरस्वती गौतमले बोलेका थिए।

कमेन्टहरु
Loading...