प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा

काठमाडौँ, ९ साउन/प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजिनामा पेश गरिसकेका छन्। शीतल निवास स्रोतका अनुसार संसोधन अघि नै उनले राजीनामा पेश गरेका हुन्।

प्रधानमन्त्री ओली निकट स्रोतले बताए अनुसार, संसदमा चलिरहेको सम्बोधनको अत्यमा उनले राजीनामा घोषणा गर्ने छन् ।
अहिले संवोधनको अन्त्यमा राजनीनामा गर्ने भएका छन्। अहिले संसदमा गरिरहेको भाषणकै टुंगाउदै उनले राजीनामा घोषणा गर्ने प्रधानमन्त्रि निकट स्रोतले बताए।

प्रधानमन्त्री ओलीको टिमका सदस्यले भने,‘सम्बोधनको उहाँले राजीनामा घोषणा गर्नु हुन्छ।’ केही घण्टा अघि बसेको मन्त्रीपरिषद्ले नयाँ सरकारका लागि मार्ग प्रसस्त गर्न बाधा अड्काउ फुकाउ आदेशका लागि राष्ट्रपतिलाई सिफारिस गरेपछि प्रधानमन्त्री ओलीले राजीनामा गर्ने अनुमान गरिएको थियो। उनी गत असोज २४ गते प्रधानमन्त्रीमा बिजयी भएका थिए।

कमेन्टहरु
Loading...