नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबमा विमल पहारी

पोखरा, २६ साउन / नेपाल प्याराग्लाइडिङ पाइलट्स क्लबको शनिबार चौथो साधारण सभा तथा दोश्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिबेशनमा प्रदेश सांसद माननीय राजिव पहारी, फ्लाइट सेफ्टी विभाग प्रमुख राजु श्रेष्ठ पोखरा महानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगत पहारी, वडा नं. १८ का वडाअध्यक्ष रणबहादुर थापा, नेपाल हवाइ खेलकूद संस्थाका अध्यक्ष योगेश भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जवी पोखरेल लगाएतले शुभकामना दिएका थिए ।

क्लबको चौथो साधारण सभा तथा दोश्रो अधिवेशनबाट विमल पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ ।

समितिमा उपाध्यक्ष सुवास थापा, सचिव हरि गिरी, सह–सचिव लक्ष्मण थापा, कोषाध्यक्ष दिपक थापा र सदस्यहरुमा रेवती रमण पाहारी, महेन्द्रबहादुर भट्टराई, प्रेम केसी, सविता तामाङ रहेका छन् ।

कार्यक्रमको अध्यक्षता कृष्ण अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन माधव तिवारीले गरेका थिए । त्यसैगरी महेश रावल, सुवास थापा धन्यवाद ज्ञापन गरेका थिए ।

कमेन्टहरु
Loading...