माओवादी केन्द्र वडा नम्बर १० को घरदैलो कार्यक्रम जारी

पोखरा २१ वैशाख /नेकपा माओवादी केन्द्र पोखरा लेखनाथ महानगर वडा नम्बर १० को घरदैलो कार्यक्रम अन्तर्गत बिहीबार कामना टोल, उत्तम मार्ग, दुचीमार्ग टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रम अन्तर्गत टोलीले बुद्धचोक महिला समुह संग अन्तरक्रिया कार्यक्रम समेत सम्पन्न गरेको प्रचारप्रसार उपसमिती संयोजक हिमालय बख्रेलले जानकारी दिए ।

बिहीबार सम्पन्न घरदैलो कार्यक्रममा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) ले वडा नम्बर १० का आफ्नो उमेदवारहरुलाई बिजय गराउन आग्रह गरेका थिए । माओवादी आन्दोलनले ल्याएको उपलब्धिलाई संस्थागत गर्नका लागी पनि स्थानिय तहको निर्वाचनमा जित्नुको बिकल्प नरहेको उनको भनाइ रहेको थियो ।

घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार पोखरा औधोगिक क्षेत्र दाया बाया, मिलन टोल हुदै अमरसिंह चोकमा आएर समापन हुने वताइएको छ ।  माओवादी केन्द्र वडा नम्बर १० बाट अध्यक्षमा सूर्य बहादुर बानिया, महिला सदस्यमा गोमती तामाङ, दलित महिला सदस्यमा सीता सार्की, खुल्ला सदस्यहरुमा किरण प्रसाद भट्टचन र रिम बहादुर क्षेत्री उमेदवार रहेका छन ।

कमेन्टहरु
Loading...