नेविसंको प्रदेश नं ४ बाट उपाध्यक्षमा कोइरालाले उमेद्वारी दिने

काठमाडौ २१ साउन/नेपाल विद्यार्थी संघको आसन्न महाधिवेसनमा विभिन्न जिल्लाबाट विभिन्न तहमा उमेदवारी घोषणा गर्ने लहर चलिरहदा कास्कीका विद्यार्थी नेता सुवास कोईराला उपाध्यक्ष पदमा उमेदवारी दिने भएका छन् ।

सुवास कोइराला
सुवास कोइराला

दुई दशकदखि विद्यार्थी राजनीतिमा निन्तर क्रियाशील रहेका कोईरालाले संगठनको केन्द्रिय नेतृत्वमा आफ्नो आवश्यकता महशुस गरेको भन्दै उपाध्यक्ष पदमा दावी गरेका हुन् । हाल लेपाल विद्यार्थी संघ कास्कीको संयोजक रहेका कोईरालाले आफ्नो उमेदवारी संगठनलाई मर्यादित, प्रक्रियासंगत र विपिको सिद्धान्त विद्यार्थी तहसम्म बुझाउदै सोहि मार्गमा लाग्न प्रेरीत गराउनका निम्ती रहेको बताएका छन् ।

पछिल्लो समय नेविसंघका जिल्ला र विभिन्न तहमा समेत मौलाउदै गएको विसंगतीको अन्त्य गर्नुपर्ने एजेण्डा केन्द्रले गर्नुपर्ने र आफु उपाध्यक्षमा निर्वार्चित भए त्यसको पहल थाल्ने उनको उद्घोष समेत रहेको छ । “म केन्द्रीय नेतृत्वमा पुगेको खण्डमा पहिलो एजेण्डाकै रुपमा संगठनलाई विसंगती मुक्त संगठन निर्माणको पहल रहनेछ । ” नेविसंघका नाममा शैक्षिक क्षेत्रमा बढ्दो चन्दा आतंकका विषयमा कडा रुपमा अघि बढ्ने योजना सुनाएका कोईरालाले यसको अन्त्य गर्न पनि नेतृत्वमा दावी गरेको बताए ।

“नेविसंघमा विद्यार्थी नेता हुँ भन्दै स्थानीय तहमा चन्दा आतंक मच्चाउने, विद्यालय तथा कलेज संञ्चालकहरुसँग नाजायज फाईदाका लागि धम्कीको भाषा प्रयोग गर्नेको संख्या बढेको छ यसलाई अन्त्य गर्नु आजको आवश्यक छ । यसैका निम्ती प्रदेश नंम्बर चारबाट उपाध्यक्ष पदका लागि मेरो उमेदवारी हो । ” कोईरालाले भने । हरेकजसो जिल्लामा गुट उपगुटको नेता बनेर संगठनको बाह्य छविलाई धमिल्याउन खोज्ने हरु बढेको भन्दै संगठनको अबको केन्द्रिय नेतृत्व संगठनलाई आँच पुर्याउने हरेकलाई कारवाही गर्नसक्ने खुबीसहितको आउनुपर्ने उनको ठम्याई छ ।

आफु उपाध्यक्षमा निवाचित भएमा प्रदेश नं ४ मा नेविसंघलाई अगुवा संगठनका रुपमा स्थापित गराईराख्न हरसमय खट्ने उनको प्रतिवद्धता रहेको छ । आफ्ना एजेण्डालाई समर्थन गरी बलियो र विसंगतिमुक्त नेविसंघ बनाउनका लागि अमुल्य मत दिन पनि कोईरालाले सबैमा आग्रह गरेका छन् । कास्कीबाटै केन्द्रिय सदस्यमा गोपाल गुरुङ्ग, दिनेश शर्मा, लमजुङ्गबाट शंकर घिमिरे स्याङ्गजाबाट सहमहामन्त्रीपदमा त्यस क्षेत्रमा प्रभावशाली नेता विद्यार्थी नेता मानिएका अजीत क्षेत्रीले उमेदवारी दिने घोषणा यसअघि गरीसकेका छन् ।

कमेन्टहरु
Loading...