बेगनासमा शनिबार मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर हुने

कृष्ण आचार्य,​ पोखरा, २४ चैत्र ​/पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर ३१ बेगनासमा आगामी शनिबार एक दिने मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर हुने भ​एको छ । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी काठमाडौं र बेगनास सेवा सदन काठमाडौंको संयुक्त ​आयोजनामा यही चैत्र २६ गते शनिबार एक दिने मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर हुन लागेको बेगनास सेवा सदन काठमाडौंका महासचिब एवं कार्यक्रम संयोजक डाक्टर श्रीप्रसाद कडेलले जानकारी दिए ।

आनन्द ज्योती उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा हुने मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिबिरमा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका ७ जना बरिष्ठ डाक्टरहरुले स्वास्थ्य परिक्षण गर्ने आयोजकले जनाएको छ । शिबिरमा डाक्टर मुरारी ढुङ्गाना, डाक्टर दिपाङ्कन प्रजापती, डाक्टर बिश्व पोखरेल ,डाक्टर अनिश हिराचन​,डाक्टर सुबिन ढकाल​, डाक्टर अन्शु कार्की र डाक्टर जिज्ञासा रेग्मी लगायतका डाक्टरहरुले स्वास्थ्य परिक्षण गर्ने संयोजक कडेलले जानकारी दिए ।

मुटुका रोगीहरु तथा मुटु परिक्षण गर्न चाहने  गाऊघर तथा दुर दराजका नागरिकलाई सेवा पुर्याउने उदेश्यले शिबिरको आयोजना गरिएको कडेलले बताए ।शिबिरमा जो सुकैले पनि मुटुको निशुल्क परिक्षण गराउन सक्ने उनको भनाई छ ।उक्त शिबिरमा मुटुका रोगीहरु तथा मुटु परिक्षण गर्न चाहनेहरुले चैत्र २६ गते शनिबार बिहान ८ बजे देखी मध्यान्न १२ बजे सम्म नाम दर्ता गराउन सकिने बताईएको छ ।

आनन्द ज्योती उच्च माबी  र पदमराज पौडेल निशुल्क स्वास्थ्य शिबिरको सहयोगीको रुपमा रहेका छन् । शिबिरमा औष​धी समेत निशुल्क बितरण गरिने आयोजकले जानकारी दिएको छ ।मुटु सम्बन्धी निशुल्क स्वास्थ्य शिबिर मा ५ सय जना भन्दा बढिको मुटु परिक्षण गरिने आयोजकले अनुमान गरेको छ ।

कमेन्टहरु
Loading...