रातमा अबेर खाना खादा यस्ता बेफाइदा हुन्छन्

पुरानो मान्यतालाई हेर्ने हो भने रात ढल्केपछि खाना खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । बुढा पाकाहरु सोही मान्यताका कारण धेरै मानिसहरु रातको ८ बजे अगावै खाइसक्छन् । तर सहरी जिवनशैली भने निकै भिन्न छ ।
सहरमा मानिसहरु प्रायः राति अबेरमात्र खान्छन् ।

रातमा अबेर खाना खादा यस्ता बेफाइदा हुन्छन्
रातमा अबेर खाना खादा यस्ता बेफाइदा हुन्छन्

व्यस्त जिवनशैलीका कारण अफिस वा व्यवसायको कामका कारण कतिपयको त राति अबेर खाना खानुपर्ने बाध्यता नै हुन्छ ।कसैको भने राति अबेरमात्र खाने बानी नै हुन्छ । तर रातमा अबेर खानु स्वास्थ्यका लागि बेफाइदाजनक हुने विज्ञहरु बताउँछन् । रातमा अबेर खाना खानाले जिउमा मोटोपना लगायतका समस्या पैदा हुन्छ । धेरै सहरिया मानिसमा मोटोपनाको एउटा मुख्य कारण बेलुकीको खाना राति अबेर मात्रा खाने बानी नै रहने गरेको सुन्दा आश्चर्य लाग्न सक्छ ।

एक अध्ययन अनुसार रात अबेर खाना खाने मानिसले प्रायः खानामा बढि कार्बोहाइड्रेट तथा चिल्लो पदार्थ समावेश गर्ने गर्छन् । यसले सरीरमा बोसो जम्मा हुने समस्या अधिक हुन्छ । त्यस्तै राति अबेर खाना खाने मानिसमा अनिद्रा तथा छटपटीको समस्या पनि बढि हुने गरेको पाइएको छ । त्यसैले यदि सम्भव छ भने बेलुकीको डिनर समयमै गर्नुहोस् र रात ढल्केपछि नखानुहोस् ।

तर यदि राति अबेर खानैपर्ने बाध्यतामा हुनुहुन्छ भने खानामा प्रसस्त फाइबरजन्य पदार्थ समावेश गर्नुहोस् र सागसब्जी र सलाद प्रसस्त खानुहोस् । बेलुकी डिनर गरिसकेपछि सुतिहाल्नु भन्दा केही बेर यताउती हिड्नु वा टहल्नु फाइदाजनक हुन्छ । यसले खाना राम्रोसँग पच्न सहयोग गर्दछ र सरीरलाई खानामा भएको पोषण प्राप्त हुन्छ । त्यस्तै बेलुकीको खाना बढि अघाउन्जी खानुभन्दा हल्का गर्नुपर्छ ।

कमेन्टहरु
Loading...