काङ्ग्रेसमा ५ जनाको सांसद पद खोसियो

पौष २०/ नेपाली कांग्रेसले समानुपातिक सांसदको चार जनाको नामावली सच्याएर निर्वाचन आयोगमा पेश गरेको छ ।

प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको नेपाली कांग्रेसले जनाएको छ ।

प्रदेश नम्बर १ मा टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदार र सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम आयोगमा पेश गरेको छ । ।

यसैगरी? प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाती कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।

प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।

निर्वाचन आयोगले पुस २० गतेसम्म संशोधित नामावली सच्याउन कांग्रेससहित ६ राजनीतिक दललाई पत्राचार गरेको थियो

कमेन्टहरु
Loading...