प्रि हस्पिटल कियर सेवा सहित पोखरामा नेपाल एम्बुलेन्स सेवा सुरु

सागर राज तिमिल्सिना
पोखरा, ११ बैशाख /कतै दुर्घटना भयो, तपाईलाई विरामी भएर अस्पताल जानु पर्ने भयो भने अब छटपटाइरहनु पर्दैन । नेपाल एम्बुलेन्स सेवाले स्थरीय सेवा दिदै तपाईलाई अस्पताल सम्पम लैजाने व्यवस्था मिलाएको छ । काठमाडौ र चितवनबाट सेवा दिदै आएको नेपाल एम्बुलेन्स सेवाले सोमबार देखि पोखराबाट पनि सेवा सुरु गरेको छ ।

निःशुल्क फोन नम्बर १०२ मा फोन गरेपछि सुविधा सम्पन्न एम्बुलेन्स साइरन बजाउँदै प्रि हस्पिटल कियर सेवा सहित आइपुग्छ । एम्बुलेन्समा भएका स्वास्थ्यकर्मी तत्कालै बिरामीको प्राथमिक उपचार गर्दै अस्पताल पु¥याउ छन् । एम्बुलेन्स भित्रै बिरामीको आकस्मिक उपचारलागि आवश्यक भेन्टिलेटर देखि अन्य सामग्रीहरु छन् ती नै सामग्री प्रयोग गर्दै स्वास्थ्यकर्मीले अस्पताल पु¥याउने नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष आमेराज राजभण्डारीले जानकारी दिए ।

प्रि हस्पिटल कियर सेवा सहित पोखरामा नेपाल एम्बुलेन्स सेवा सुरु
प्रि हस्पिटल कियर सेवा सहित पोखरामा नेपाल एम्बुलेन्स सेवा सुरु

लायन्स क्लबले नेपाल एम्बुलेन्स सेवा सहकार्यमा पोखरा सेवा सञ्चालनमा ल्याएको हो । एम्बुलेन्स सेवा लिन १०२ नम्बरमा फोन गरेपछि बिरामीको अबस्थाबारे जानकारी लिएर आफन्तलाई सावधानी अपनाउन भनिन्छ, त्यसपछि एम्बुलेन्स पठाइन्छ र आकस्मिक मेडिकल सेवा दिएर बिरामीलाई अस्पताल ल्याउने व्यवस्था मिलाउने अध्यक्ष भण्डारीले बताए ।

सन् २०१० देखि नेपालमा यो सेवा सुरु भएको हो । सञ्चालन पछि २१ हजार ५ सय जनालाई सेवा दिइसकेको र ३८ जनाले एम्बुलेन्स भित्रै बच्चा जन्माउन सफल भएको उनले बताए । एम्बुलेन्स सञ्चालन सम्बन्धमा लायन्स क्बल डिस्टिक ३२५ वि वान नेपालका गर्भनर बालकृष्ण र्बुलाकोटी र नेपाल एम्बुलेन्स सेवाका अध्यक्ष ओमराज राजभण्डारी बीच एम्बुलेन्स सञ्चालन सम्बन्धमा सम्झौता भएको छ ।

पोखराको मालेपाटमा रहेको कालिका गणमा राखेर सेवा प्रदान गर्ने धनराज आर्चायले जानकारी दिए । एम्बुलेन्समा सेवा लिए वापत १ हजार रुपैया तिर्नु पर्ने हुन्छ । एम्बुलेन्स सञ्चालनका लागि मासिक २ लाख ५० हजार खर्च आउने बताउदै राजभण्डारीले एक वर्ष सम्मको खर्च धनराज आर्चाय र पोखरामा रहेका लायन्स क्लबहरुले सघाउने छन् । कार्यक्रममा लायन्स क्बल डिस्टिक ३२५ वि वान नेपालका गर्भनर बालकृष्ण र्बुलाकोटी, पोखरा उद्याग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...