अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा बृद्धाश्रमलाई सहयोग

पोखरा ३० बैशाख /अन्तराष्ट्रिय नर्सिङ दिवस मे १२ को अवसर पारी पोखराको चरक मेमोरियल हस्पिटलमा कार्यरत नर्सहरुले पोखरा बृद्धाश्रमलाई सहयोग गरेका छन ।

अस्पतालमा कार्यरत नर्सहरुले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारी पोखरा लेखनाथ १७ ढुंगेसांघु सीतापाइलामा रहेको पोखरा बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुल तथा खाद्यान्न सामाग्री संगै प्राथमिक उपचार बक्स र घडी प्रदान गरेका थिए ।

सो अवसरमा चरक मेमोरियल हस्पिटलका डाक्टर बद्री पौडेलले अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसर पारी आफ्नो हस्पिटलमा कार्यरत नर्सहरुले सामाजिक काममा अग्रसरता देखाउदै बृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग गरेकोमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कामलाई निरन्तरता दिन आग्रह गरे ।

विभिन्न उत्सवहरुमा आफुहरुले सामाजिक कामहरु गर्दै आइरहेको र अन्तराष्ट्रिय नर्सिङ दिवसको अवसरमा पोखरा बृद्धाश्रममा रहेको बृद्धबृद्धाहरुलाई फलफुल तथा खाद्यान्न वितरण गरिएको हस्पिटलमा कार्यरत नर्स निसा थापाले वताइन । आगामी दिनमा पनि यस्ता क्रियाकलापलाई निरन्तरता दिने उनले वताइन । पश्चिमाञ्चलकै नमुना बृद्धाश्रममा हाल ५२ जना बृद्धबृद्धाहरु आश्रित रहेका छन ।

कमेन्टहरु
Loading...