कास्कीमा निर्वाचन विरोधी गतिविधीमा संलग्न भएको भन्दै ३ जना पक्राउ

पोखरा, २२ वैशाख /स्थानिय निर्वाचनको विरोध गर्दै हिडेका विप्लव माओवादीका ३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर २ सार्दीखोला बजारमा निर्वाचन विरोधी गतिविधीमा संलग्न भुर्जङ खोलाका युवराज बास्तोला, तेज बहादुर केसी र मन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

निर्वाचन विरोधी गतिविधी गरि रहेको अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट गएको प्रहरीको टोलीले प्रक्राउ गरेको हो ।

कमेन्टहरु
Loading...