CAN

मनाङको र्ना फु गाउँपालिकामा काग्रेसका उमेद्वार निविरोध

56

सागर राज तिमिल्सिना
पोखरा, १९ वैशाख /मनाङको र्ना फु गाउँपालिकामा काग्रेसका उमेद्वार निविरोध निर्वाचीत भएका छन् । काग्रेसका उमेद्वार निङमा छिरिङ लामा निविरोध निर्वाचीत भएका हुन् ।

उपाध्यक्षमा भने दुई जनाको उमेद्वारी परेको छ । एक जना काग्रेस र एक जना स्वतन्त्र उमेद्वारी दर्ता गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

पाँचवटा वडा रहेको गाउँपालिकामा वडा अध्यक्षमा भने काग्रेस र स्वतन्त्रले मात्रै उमेद्वारी दिएका छन् । वडामा दलित महिला नपाए पछि उमेद्वारी नै नपरेको कार्यालले जनाएको छ ।