पक्राउ परेका ३६ नक्कली डाक्टर काठमाडौं जिल्ला अदालतमा

काठमाडौ, ५ असार/नक्कली प्रमाणपत्र पेश गरेर उपचारमा संलग्न रहेका ३६ जना नक्कली डाक्टरलाई प्रहरी आइतबारकाठमाडौं जिल्ला अदालत लगेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले न्यायीक हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौं लगेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए।

काठमाडौंबाट समातिएका १५, चितवन, ललितपुर, पोखरा, विराटनगर लगायतका ठाउँबाट समातिएका डाक्टरहरु गरेर ३६ जनालाई अदालत उपस्थित गराएको हो। पक्राउ परेका डाक्टरहरूले एमबिबिएस अध्ययनको लागि नक्कली प्रमाणपत्र पेश गरेको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले बताए। पक्राउ पर्ने ३६ मध्ये ३० जना पुरुष र ६ जना महिला नक्कली डाक्टर छन्। ब्युरो प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालका अनुसार काठमाडौंबाट सबैभन्दा बढी १३ जना डाक्टर पक्राउ परेका छन्।

‘क्वाक अप्रेशन’ नाम दिएर थालिएको यो अभियानमा वीरगञ्जबाट ९ जना पक्राउ परेका छन्। सिलवालका अनुसार पाटनबाट २, सुनसरी १, विराटनगर ३, झापा १, जनकपुर २, चितवन ३, पोखरा १ र दाङबाट एक जना डाक्टर पक्राउ परेका छन्।

कमेन्टहरु
Loading...