पोखरामा पनि नागपञ्चमी

पोखरा, २३ साउन /प्रत्येक वर्ष झैं श्रावण शुक्ल पञ्चमीको अवसर पारेर सय वर्ष आइतबार नागपञ्चमी पर्व मनाइएको छ । घरको मूलढोकामाथि नागको तस्विर टाँसेर पूजाअर्चना गरी नागपञ्चमी पर्व मनाइएको हो ।

घरको मूलढोकामाथि नागको तस्विर टाँस्दा नाग, सर्प र विच्छी लगायतका जीवले दुःख नदिने र घरमा लक्ष्मीले वास गर्ने जनविश्वास छ। नागलाई सर्पको राजा मानिन्छ।

नाग रिसाए पानीको अभाव हुने भएकाले नागलाई खुसी पार्न श्रावण शुक्ल पञ्चमीको दिन पारेर नागको पूजा गर्ने चलन छ । नागपञ्चमीको अवसरमा पोखरामा पनि घर घरमा र नागको मन्दिरमा पुजा गरेका छन् ।

पोखरामा नागपञ्चमीको अवसरमा पुजा गर्दै । तस्विर ः सञ्जय शाक्य
 नागपञ्चमीको अवसरमा पुजा गर्दै । तस्विर ः सञ्जय शाक्य
पोखरामा नागपञ्चमीको अवसरमा पुजा गर्दै । तस्विर ः सञ्जय शाक्य
नागपञ्चमीको अवसरमा पुजा गर्दै । तस्विर ः सञ्जय शाक्य
कमेन्टहरु
Loading...