मुक्तक मञ्च शतक शृङ्खला तयारीमा

पोखरा, २१ भदौ/मुक्तक मञ्च पोखराले विविध कार्यक्रमका साथ आफ्नो शतक शृङ्खला मनाउने भएको छ।

हरेक महिनाको चौथो शनिबार नियमितरुपमा मुक्तकवाचन आयोजना गर्दै आएको मञ्चले भदौको अन्तिम शनिबार आगामी भदौ २५ गते पोखरा र पोखराबाहिरका मुक्तककारलाई आमन्त्रण गरी उनीहरूका रोज्जा मुक्तक सुनाउन लागेको हो।

कार्यक्रममा नेपाली मुक्तकको उत्थान र मञ्चको उन्नयनमा सहयोग गर्नेहरूलाई सम्मानसमेत गरिने अध्यक्ष सरला लामिछाने ‘सरु’ले जानकारी दिइन्।

कार्यक्रममा प्रकट पगेनी ‘शिव’, रावलकृष्ण, सरस्वती श्रेष्ठ ‘सरु’, डा. वसन्त गौतम, फडिन्द्र अकिञ्चन, मन क्षेत्री, उदीपराज ढुङ्गाना, मिर्मिसा पराजुसी, सम्झना रेग्मी ‘सानु’, सञ्जीव पौडेल, रविन ढकाल, विष्णु रिजाल, स्वतन्त्र नेपाल, जिबी गजल, कृष्ण अर्याल, आदर्श सुशील, सन्तोष स्पप्नील, सत्यम्, प्रयाश अर्याललगायतले आफ्ना पाँच–पाँच मुक्तक सुनाउने छन्।
‘मुक्तकको उत्थान, हाम्रो अभियान’ भन्ने उद्घोषका साथ २०६५ वैशाखमा स्थापित संस्थाले नियमित वाचन, अन्तक्र्रिया, समकालीन मुक्तक सञ्चयन प्रकाशनलगायतका कार्य गर्दै आएको छ।

कमेन्टहरु
Loading...