मुग्लिङ–पोखरा सडक ४ लेनको बन्ने, सरकारले एडिबीसँग २१ अर्ब ऋण लिने

काठमाडौं, २० साउन / सरकराले पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिङ देखि पोखरा सम्मको ९० किलोमिटर सडक ४ लेनको बन्ने भएको छ । सडक स्तरोन्नतीका लागि सरकारले एशियाली विकास बैंक (एडिवी) सँग ऋण लिने भएको छ ।

साउन १६ गते बसेको मन्त्रीपरिषद्को बैठकले एडिबीबाट राजमार्ग सुधारका लागि करिब २१ अर्ब ४५ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने सम्बन्धमा वार्ता टोली गठन गर्न अख्तियारी दिइने निर्णय गरेको हो ।

आइतबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सहुलियतपुर्ण ऋण लिने निर्णय सार्वजनिक गरेका थिए ।

सरकारले ऋणबाट आबुखैरेनी देखि पोखरा सम्मको २ लेनको बाटो स्तरोन्नती गरि चार लेनको बनाउने तयारी गरेको हो ।

ऋणबाट आबुखैरेनी देखि पोखरासम्मको ९० किलोमिटर राजमार्ग स्तरोन्नती गरि ४ लेनको डेडिकेटेड राजमार्ग बनाउने सरकार योजना रहेको छ । यो सडकको विस्तृत अध्ययन पनि एडिबीकै सहयोगमा भएको थियो ।

बाटोमा पर्ने ठुला दुई पुल पनि आयोजना भित्रै पर्नेछन् । दमौलीको मादि नदिमाथिको पुल र सेती नदि माथिर्को पुल पनि आयोजनामा छन् ।

कमेन्टहरु
Loading...