मिस्टर एण्ड मिस पोखरा आइकनको उपाधी जित्नेलाई ५० हजार

पोखरा, ८ भदौ /पोखरामा आयोजना हुन लागेको मिस्टर एण्ड मिस पोखरा आइकनको उपाधी जित्नेलाई थाइल्याण्ड घुम्ने अवसर पाउने भएका छन् । ओसिस इन्टरटेन्टमेन्ट प्रालिले आयोजना गर्न लागेको मिस्टर एण्ड मिस पोखरा आइकनलाई नगद ५० हजार सहित थाइल्याण्ड भ्रमणको अवसर प्रदान गरिने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मिस्टर एण्ड मिस पोखरा आइकनको उपाधी जित्नेलाई ५० हजार
मिस्टर एण्ड मिस पोखरा आइकनको उपाधी जित्नेलाई ५० हजार

प्रतियोगितामा फ्रस्ट र सेकेण्ड रनरअप र भ्युअर च्वाइसले क्राउन र ट्रफी हात पार्ने छन । त्यसैगरी प्रतियोगितामा सहभागीहरुलाइृ कफिल्म तथा म्युजिक भिडियो तथा म्याग्जिन तथा बिज्ञापनमा अवसर प्रदान गरिने भएको छ । प्रतियोगितामा सहभागीहरुलाई मायाको चिनो र प्रमाणपत्र साथै गिफ्न ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ ।

बिजेताले निशुल्क आइइएलटिएस कोर्स समेत उपलब्ध गराइने भएको आयोजकले जनाएको छ । प्रतिभावान युवा युवतीलाई लक्षित गरी अन्य आयोजकहरुले भन्दा भिन्नै शैलीमा मिस्टर एण्ड मिस पोखरा आइकनको आयोजना गर्न लागेको हो । असोज ११ गते पोखरा सभागृहमा हुने उक्त कार्यक्रमका सहभागीहरु अहिले ट्रेनिङ सञ्चालन भइरहेको ओसिस इन्टरटेन्टमेन्ट प्रा लिका सञ्चालक पुष्पा गुरुङले जानकारी दिइन ।

प्रतियोगिताको अन्तिम प्रतिश्पर्धामा १५ महिला र १५ पुरुषलाई उतारिने आयोजकले जनाएको छ । भियतनाममा १० दिन तालिम पश्चात पोखरामा पनि भियतनाममा सिकेको ब्युटी प्याजेन्ट सम्बन्धी जानकारी दिने उद्देश्य र पोखरामा भिन्न शैलीमा यो कार्यक्रमको आयोजना गर्न लागेको गुरुङले जानकारी दिइन ।

कमेन्टहरु
Loading...