पाँचौ संस्करणको मिस तमुस्यो नेपालको एक महिने प्रशिक्षण शुरु

पोखरा, ६ भदौ /नेपाल कै पहिलो जातिय सौन्दर्य प्रतियोगीता मिस तमुस्यो नेपाल को यस वर्षको संस्करण शुरु भएको छ ।
“मिस तमुस्योको शान,मौलिक संस्कृतिको पहिचान“ भन्ने मुल उद्देश्यका साथ नेपाल तमु बिद्यार्थी छाँेज धीं कास्कीले आयोजना गर्दै आइरहेको मिस तमुस्यो नेपालको पाँचौ संस्करण शनिबार देखि पोखरामा एक महिने प्रशिक्षण संगै शुृरु भएको हो ।

पाँचौ संस्करणको मिस तमुस्यो नेपालको एक महिने प्रशिक्षण शुरु
पाँचौ संस्करणको मिस तमुस्यो नेपालको एक महिने प्रशिक्षण शुरु

शनिबार देखि शुरु भएको एक महिने प्रशिक्षणमा कास्की, स्याङजा, लम्जुङग, पर्वत, गोरखा, झापा, चितवन लगायतका जिल्लाका २० प्रतिष्पर्धी सहभागी छन । देशका विभिन्न स्थानका पहिलो चरण अडिसनबाट छनोट भएका प्रतियोगीहरु यत्तिबेला पोखरामा बन्द प्रशिक्षणमा रहेका हुन् ।

प्रशिक्षणमा व्यक्तित्व विकास, तमु भाषा, संस्कार संस्कृति, आदिवासी जनजाति हकअधिकार, नेपालको राजनैतिक अवस्था लगायतका विधामा सम्बन्धित क्षेत्रका विज्ञ व्यक्तिहरुबाट प्रशिक्षित गराइने नेपाल तमु बिद्यार्थी छाँेज धीं कास्कीका अध्यक्ष एवम मिस तमुस्यो नेपालका मुल आयोजक समिति संयोजक धनु तमुले जानकारी दिए । नवयुवा पुस्तालाई जातिय संस्कर संस्कृति सिकाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा क्याटवाक, तमु भाषा कक्षा र ग्रुमिङ्ग क्लास लगायत प्रशिक्षण दैनिक हुने उनले बताए ।

प्रशिक्षण कै क्रममा पुर्व विजेताहरु संग अनुभाव आदनप्रदान, कल्चर फोटो सेसन, गुरुङ गाँउको प्रत्यक्ष भ्रमण समेत हुनेछ । असोज ८ गते पोखरा सभागृहमा फइनल हुने उक्त प्रतियोगीका विजेताले नगद ५० हजार सहित एक हप्ते हङकङ्ग यात्राको अवसर प्राप्त गर्नेछिन । प्रतियोगीतामा उपविजेता एवम फष्ट रनर अपले नगद ३० हजार, सेकेण्ड रनर अपले नगद २० हजार सहित विभिन्न गिफ्ट ह्याम्परका साथै अवसरहरु प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगीतामा विभिन्न विधामा सवटाइटलहरु वितारण हुनेछ । यस वर्षको विजेताले भुपाल क्रियशन द्धारा निर्माण हुने म्युजिक भिडियोमा अभियनको अवसर समेत प्राप्त गर्ने बताएको छ । प्रतियोगीतामा हङकङ यात्राको प्रायोजन संस्थाका पुर्व अध्यक्ष तिलक तमु, युवराज तमु, र समाजसेवी दुर्गा तमु र हरि तमुले गरेका छन ।

कमेन्टहरु
Loading...