मिस नेवा पोखरा ११३६ को ट्यालेण्ट राउण्ड १९ को प्रतिस्पर्धा

पोखरा, ३० फागुन/नेवा खलः कास्कीले छैटौँ पटक पोखरामा आयोजना गर्न लागेको मिस नेवाः पोखरा ११३६ को प्रतिभा प्रस्फुटन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । प्रतियोगितामा सहभागी १९ जना प्रतिस्पर्धीहरुले आफुमा अन्र्तनिहित प्रतिभालाई प्रस्तुत गरेका थिए ।

मिस नेवा पोखरा ११३६ को ट्यालेण्ट राउण्ड १९ को प्रतिस्पर्धा
मिस नेवा पोखरा ११३६ को ट्यालेण्ट राउण्ड १९ को प्रतिस्पर्धा

कार्यक्रममा प्रतिस्पर्धीहरु सेलिका श्रेष्ठले धिमेबाजा, सन्जु श्रेष्ठ, सन्ध्या श्रेष्ठ, श्रेयङ्का श्रेष्ठ, मौनता कर्माचार्य, एनि श्रेष्ठले भाषणकला, निशा श्रेष्ठ, अस्मिता श्रेष्ठ र सदिक्षा मल्लले नेवारी नाच प्रस्तुत गरेका थिए । यसैगरि एलिशा जोशी, सुरक्षा तझ्याले खिन बाजा, ज्योती श्रेष्ठले बाँसुरीबादन, सुबी तण्डुकारले कुमारी नाच तथा दिपिका श्रेष्ठले नेपाली गीत प्रस्तुत गरेका थिए । अन्य प्रतिस्पर्धीहरुमा सुष्मा श्रेष्ठले नेवारी सँस्कृति बारे भनाई, अनिशा तझ्याले हस्तकला, अस्मिता बज्राचार्य र करिश्मा शाईले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेवा खल कास्कीका उपाध्यक्ष गणेशबहादुर श्रेष्ठले नेवारी मौलिक सँस्कृति, भाषा, भेषभुषा, कला रहनसहनको संरक्षण सम्बद्र्धन र नेवार समुदायका युवतीहरुलाई यसवारे अवगत गराउदै, क्षमता र आत्मविश्वास अभिवृद्धिका लागि कार्यक्रमको आयोजना गरिएको बताए ।

सो अवसरमा कार्यक्रमका संयोजक सुविन्द्र श्रेष्ठले भाषा र संस्कृतिनै हरेक जातीको मुल पहिचान हुने हुँदा यसको जगेर्ना गर्न घरपरिवारमा आफ्नै मातृभाषा बोल्नुपर्ने र संस्कृतिको बारेमा आफ्ना सन्ततीलाई पनि जानकारी गराउनुपर्ने कुरामा जोड दिए । यसअघि प्रतिस्पर्धीहरुको कल्चरल फोटोसुट गरिएको थियो । प्रतिस्पर्धीहरुको फोटो अफिसियल फोटोग्राफर सुरज श्रेष्ठले खिचेका थिए ।

आउदो चैत्र ६ गते शनिबार पोखरा सभागृहमा अन्तिम चरणको प्रतिस्पर्धा हुने मिस नेवाः पोखरा ११३६ का विजेताले ४० हजार नगद, फस्ट रनरअपले २५ हजार र सेकेण्ड रनरअपले १५ हजार नगदसहित प्रमाणपत्र र आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । यसरी नै बेष्ट कम्प्लेक्शन, बेष्ट स्माइल, बेष्ट ट्यालेण्ट, बेष्ट पर्सनालिटी, बेष्ट फोटोजेनिक, बेष्ट भ्युअर च्वाइस टाइतलका साथमा जनही ५ हजार रुपैया, प्रमाणपत्र र उपहार प्रदान गरिने छ । कार्यक्रमबाट वचत रकम, नेवा खलः कास्कीले आयोजना गर्ने नेवारी साँस्कृतिक कार्यक्रममा टेवा पुर्याउने तथा भौतिक संरचना निर्माणमा सहयोग गर्ने भएको छ ।

 

कमेन्टहरु
Loading...