माया पुनको आज तिमीलाई सार्वजनिक

पोखरा, २२ चैत्र /गायिका मायापुनको आज तिमीलाई बोलको गित मंगलबार पोखरामा सार्वजनिक गरीएको छ । लोकप्रिय संगितकार बसन्त सापकोटाको शब्दतथा संगित रहेको गितमा संगित संयोजन मनोज चौलागाँईले गरेका छन ।

कार्यक्रममा गायिका पुनले गीतलाई ब्यबसायिक प्रेमिलसिर्र्जनाको रुपमा ब्याख्या गरीन् । शब्द, संगित र गायिकीको सही संयोजनले गित राम्रो बनेको पुनको भनाई थियो । यस अघि राष्ट्रिय भावको गित सार्वजनिक गरेकी गायिका माया पुनले यसपालीको गितले बजारले स्थापित गरेको शैलीलाई नै पछ्याएको हुँदादर्शक श्रोताले मन पराउने बिश्वास ब्यक्त गरीन ।

पुनको गितको भिडियोमा चल्तीका अभिनेता जिवन भट्टराई र इन्द्रापुनले अभिनय गरेका छन । फलानो क्रियशनले तयार पारेको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन अपिल त्रिपाठीले गरेका हुन । सरोज अधिकारीको छायङ्कन रहेको भिडियोको रंग संयोजक सुवास अम्गाई हुन ।

कमेन्टहरु
Loading...