म्यासेन्जर मै बैठक, म्यासेन्जरबाटै निर्णय

पोखरा, ३२ साउन /तपाईहरुलाई अनौठो लाग्न सक्छ, फेसबुक म्यासेन्जरबाटै कमिटी गठन हुन्छ, निर्णय पनि म्यासेन्जरमा हुन्छ अनि कार्यान्वयनका लागि सबै एक जुट हुन्छन । पर्वतको दुर्गम आर्थर डाडाँखर्क गाउँ विकास समितिमा रहेको पञ्चकोशी उच्चमाविका देश बिदेशमा रहेका पुर्ब बिद्यार्थीहरु एकै ठाउँमा भेला हुन कठिन भएपछि फेसबुक म्यासेन्जरलाई प्रयोग गरि भूतपुर्ब बिद्यार्थी मञ्च गठन गरेका हुन् ।

मञ्चको कार्यसमितिको बैठक म्यासेन्जरमै बस्ने तथा आफ्नो बिद्यालयको शैक्षिक सुधारका लागि आर्थिक सहयोग र अन्य सहयोग पनि संकलन गर्न थालेका छन् । बिद्यालयका पुर्ब बिद्यार्थीहरु एकै ठाउँमा भेला हुन संभावना नभएपछि फेसबुक म्यासेन्जरमा समुह बनाई बिद्यालयको शैक्षिक सुधारका लागि संगन गरिएको मञ्चका अध्यक्ष गौतम गुरुङ्ले बताउनुभयो ।

झण्डै एक महिना अघि देखि म्यासेन्जर समुहमा सदस्य बनाउने अभियान शुरु गरि भूतपुर्ब बिद्यार्थी मञ्च गठन गरिएको छ । हङ्गकङ्गमा रहेका गौतम गुरुङ्गको अध्यक्षतामा गठित समितिका अधिकाँश पदाधिकारी र सदस्यहरु देश बाहिर रहेका छन् । गाउँमा रहेका सचिब बिश्वास गुरुङ्गले बिद्यालय संगको समन्वय गर्दै आउनुभएको छ।

नवगठित मञ्चको उपाध्यमा उपध्यक्षहरुमा नारायण पौडेल , बबिता शर्मा र कोषाध्यक्षमा राधा गुरुङ , सचिबमा बिश्वास गुरुङ र सहसचिबमा सन्जिब गुरुङ रहनुभएको छ भने सल्लाहकारहरुमा दुर्गाप्रसाद शर्मा, रजनी गुरुङ , मनोज गुरुङ्ग, त्रिभुवन पौडेल, समुन्द्र गृुरुङ्ग , हिमलाल शर्मा, मनोज गुरुङ्ग९हङ्गकङ्ग० , रहनुभएको छ।  बिदेशमा रहेका र स्वदेशमा रहेका पुर्ब बिद्यार्थीलाई एकैपटक निर्णय प्रकृयामा सहभागी बनाउन र सबैलाई समेटेर अगाडी बढ्न सामाजिक सञ्जालको साहरा लिइएको मञ्चका सल्लाहकार मनोज गुरुङ्गले बताउनुभयो ।

बैठक बस्न, भेला हुन र सामुहिक रुपमा निर्णय गर्न सामाजिक सञ्जाल उपयोगी हुने भएकाले सामाजिक सञ्जालको दुरुपयोग बढेर बिभिन्न बिकृती आइरहेको गुनासो हुने गदर्छ, तर यही सामाजिक सञ्जाल प्रयोग गरेर धेरै सकारात्मक काम गर्न सकिन्छ भन्ने उदाहरण पनि भएको गुरुङ्गले बताउनुभयो । मञ्चले आर्थर गाबिसका बिद्यालयमा अंग्रेजी माध्यमबाट पढाईशुरु गर्ने तथा अन्य सामाजिक काम गर्ने र बिद्यालयको शैक्षिक बिकासमा सहयोग पु¥याउने उहाँको भनाई छ।

कमेन्टहरु
Loading...