‘मनकामना डान्स आइडल सिजन–२’ असोजमा

पोखरा, २२ भदौ /स्याङ्जाको मनकामना मितेरी युवा कल्ब मनकामना–१, गहतेको आयोजनामा ‘मनकामना डान्स आइडल सिजन–२’ हुने भएको छ । ‘‘ऐतिहासिक मनकामना डान्स आइडलको अभियान, स्थानिय नृत्य प्रतियोगिताको शानदार पहिचान’’ भन्ने नाराका साथ दोस्रो संस्करण गर्न लागिएको पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष ङान गुरुङले बताए ।

अध्यक्ष गुरुङले कला संस्कृतीको जगेर्ना, नव प्रतिभाको खोजी, प्रतिभाको सम्मान र प्रतियोगीको पहिचान गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार आइडलको पहिलो अडिसन असोज १६ गते पोखराको हुनेछ । दोस्रो अडिसन वालिङ नगरपालिका वडा नं. ८ रामबाच्छास्थित तमु समाज भवन स्याङजामा असोज १७ गते र असोज २८ गते कुसुम भञ्ज्याङ स्याङ्जामा हुनेछ । फाइनल प्रतिस्पर्धा मनकामना डाँडामा असोज २९ र ३० गते हुनेछ ।

‘मनकामना डान्स आइडल सिजन–२’ असोजमा
‘मनकामना डान्स आइडल सिजन–२’ असोजमा

प्रतियोगिहरुका लागि भदौ २३ गतेबाट विभिन्न ठाउँमा फारम वितरण भइरहेको छ । पोखरामा अनुशिलन कला पाठशाला, रानीपौवा, पोखराको नयाँ बजारस्थित उदिम मिडिया प्रालि, एम्स ग्लोबल एजुकेशन कन्सलटेन्सी, महेन्द्रपुल, स्याङ्जा वालिङमा मनाकामना इलोक्ट्रोनिक र स्याङ्जा बजारमा स्वस्थिका होम डेकोरेसनमा पाइनेछ ।

क्लबका सचिव शेरबहादुर गुरुङका अनुसार प्रतियोगितामा व्यक्तिगत तथा संस्थागत भाग लिन पाइनेछ तर सामुहिक नभइ एकल÷एकल हुनुपर्नेछ । प्रतियोगीले आवश्यक सामाग्री ‐गीत, भेषभुषा तथा श्रृङगार) हरु स्वयंम् व्यवस्था गर्नुपर्नेछ । नेपाली जातजातीको भाषा बाहेक विदेशी भाषाको गीत प्रस्तुत गर्न पाइने छैन भने आवेदन फारम शुल्क २ सय लाग्नेछ ।

‘मनकामना डान्स आइडल– सिजन २’ जित्नेले २० हजार रुपैंया पुरस्कारका साथै, ट्रफी र प्रमाणपत्रका साथै हङकङको साँगितिक भ्रमण अवसार पाउनेछ । दोस्रो हुनेले, १२ हजार, प्रमाणपत्र तथा तेस्रो हुनेले ८ हजार, प्रमाणपत्र पुरस्कार पाउनेछ भने सान्त्वना पुरस्कार आकर्षक गिफ्ट ह्याम्पर तथा प्रमाणपत्र रहेको क्लबका कोषाध्यक्ष देबराज गुरुङले बताए ।

तीनै जना विजेतालाई ६ महिनाको विधागत निःशुल्क नृत्य तालिमका साथै म्युजिक भिडियो र चलचित्रमा खेल्ने अबसर दिइनेछ ।
मनकामना–१, गहते स्याङजा घर भइ हाल यूके बस्ने खिम बहादुर गुरुङले प्रथम पुरस्कार प्रयोजन गरेका छन् । प्रतियोगिताको मुल आयोजक समिती मनकामना मितेरी युवा क्लव, आयोजक लालिगुराँस आमा समूह सहआयोजक मनकामना मन्दिर व्यवस्थापन समिति रहेको छ ।

कमेन्टहरु
Loading...